Erani Mahal
पाल्पामा मृत्यु भएको भन्दै घाटमा लगिएकी महिला जीवितै भएपछि…….
4444

पाल्पा – मानिसको जीवन अमूल्य छ, मृत्यू पनि अकाट्य रहेको छ । जो कोही मान्छे एकदिन भएपनि बढी बाँच्न चाहन्छ, उसलाई मृत्यू भन्दा जीवन नै प्यारो लाग्छ तर पाल्पामा भने अनौठो घटना भएको छ ।
लामो समय अस्पतालमा उपचार गराएर अस्पतालले डिस्चार्ज गरेका व्यक्तिको मृत्यू भएको भनेर घाटमा पुर्याउँदा जीउदै भएको पाइएको छ । पाल्पामा मृत्यु भएको भन्दै घाटा पु¥याइएको व्यक्ति ज्यूदै फर्किए भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर अचम्म मान्नुपर्दैन उनी थिए पाल्पाको रैनादेवी गाउँपालिका १ सिद्देश्वरमा घाटमा लगिएकी महिला नर्मता ज्ञवाली ।


सिद्देश्वरमा दुषित पानीको कारण केही समय अघि फैलिएको महामारी झाडापखला लागेर युनाइटेड मिसन अस्पताल भर्ना भएकी सिद्देश्वरकी ३६ वर्षकी नर्मता ज्ञवाली ज्युदै भएपछि अहिले उहाँलाई पुनः अस्पताल भर्ना गरिएको छ ।


ज्ञवालीलाई सोमबार दिउसो आफ्न्ताको आग्रहमा अस्पतालले डिस्चार्ज दिएको थियो । डिस्चार्ज पछि आफ्न्ताले एम्वुलेन्समा राखेर रिडी घाटमा लगेको वडा अध्यक्ष सोमबहादुर दर्लामीले जानकारी दिनुभयो । उहाँका अनुसार आफ्mन्ताले आधा घण्टापछि अक्सिजन झिकेपछि विरामीको मृत्यु भएको हल्ला भएको र उनको खुट्टा जलमा डुवाएर राखेपछि आफ्न्ताहरु चिताको तयारीमा लागे, केही समयपछि उनी चल्न, कराउन थालेपछि तत्कालै त्यँहीबाट स्थानीय स्वास्थ्य चौकी पु¥याइएको थियो ।


ज्ञवालीलाई स्थानीय स्वास्थ्य चौकीले धड्कन र नाडी चलेकाले थप उपचारका लागि अस्पताल लैजान भनेपछि आफ्न्ताले एम्वुलेन्समा राखी लुम्विनी मेडिकल कलेज प्रवास प¥याएका थिए । उनको अहिले लुम्विनी मेडिकल कलेजमा उपचार भइरहेको अस्पताले जनाएको छ ।

घटना कसरी घट्यो पत्रकारको प्रश्नमा यस्तो भन्छन् ‘एम्बुलेन्स चालक’
मेरो नाम मोहनीलाल कुँवर हो । म एम्बुलेन्सको चालक हुँ । मैले तानसेन स्थित युनाइटेड मिसन अस्पतालबाट पूर्वखोलाको सुत्केरी लैजान लागेको थिए । उहाँहरुले हाम्रो विरामी लगिदिनुस् भन्नुभयो । कहाँ जाने हो भन्दा सिद्देश्वर भन्नुभयो ।

कुन बाटो भन्दा खानी जाने बाटो भन्नुभयो । खाल्टाखुल्टी छ त्यो बाटो अहिले जान सक्दैन भने । उहाँहरुले मनभागसम्म छोडिदिनुहोस भन्नुभयो । घर कहाँ भनेर सोधें, पारिपट्ट घर छ भन्नुभयो । दुईवटा अक्सिजन सिलिन्डर बोकेर गइयो । सिरुखर्क पुगेपछि एक जना बुढो मान्छेले फोन गर्नुभयो । बिरामीले एक डेढ घण्टामा छोड्छ भनेर फोन गर्नुभयो । रिडीको पुल नजिक पुगेपछि मैले सोधे सरासर जाने होला क्यारे । उहाँहरुले हैन अर्ध जलमा लैजाने भने । अनि गुल्मी तिरको घाटमा लगे । पानी पर्न खोजेको थियो । आफैले अक्सिजन बन्द गरे । तपाईंहरुले अक्सिजन बन्द गर्नुभयो । अब बिरामी एम्बुलेन्समा मर्छ ।

यस्तो काम गर्न मिल्दैन भनेर मैले भनें । बिरामीलाई पाल्पा तिरको घाटमा ल्याएर झारे । प्रहरी आयो । बिरामी ल्याएको हो कि लास ल्याएको भनेर प्रहरीले सोध्यो । प्रहरीले उहाँहरुको नाम नम्बर टिप्नुभयो । महिलाहरुले मानेका थिएनन् । मान्छे मर्न कहाँ छ कहाँ छ दाउरा र घाट भनेर महिलाहरुले गाली गरेका थिए ।

मान्छे नमरी गाउँले आ ओ भन्ने, दाउराको जोहो गर्ने भनेर महिलाले गाली गरिरहेका थिए । एक हजार आठ एम्बुलेन्स चार्ज र पाँच सय अक्सिजनको चार्ज काटेर हिंडे । म तानसेन फर्किए । यसरी यो सबै घटना भएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update