Erani Mahal
गुल्मी ताजा अपडेट : पहिरोमा पुरिएर मृत्यु हुनेकाे संख्या १२ पुग्याे
67213572_2483647385021019_8723038308562632704_n

गुल्मी – जिल्लाको विभिन्न स्थानमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेकाे संख्या १२ पुगेकाे छ । जिल्लाको सत्यवती गाउँपालिकाको वडा नम्बर ३ र ४ का घर पहिरोले पुरिँदा १२ जनाको मृत्यु भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) यदुनाथ पौडेलले जानकारी दिनुभयाे । अझै पहिराेमा परी २ जना घाइते छन् । पहिराेमा पुरिएका मृतककाे शब निकाल्ने क्रम जारी छ ।

पौडेलका अनुसार, सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेक कसिन डाँडामा पहिरोले घर पुरिँदा ३२ वर्षीया तीलकुमारी त्रामु र ९ वर्षीय दर्शन त्रामुको मृत्यु भएको छ । गाउँकाे चार वटा घर नै पहिराेले बगाएकाे पत्रकार तिलाचन पाण्डेले जानकारी दिनुभयाे । अन्यकाे नाम खुल्न बाँकी छ ।

तस्विर सबै : अर्जुन ज्ञवालीकाे पेसबुक पेजबाट ।

त्यस्तै, सोही गाउँपालिका वडा नम्बर ४ को लिम्घामा पहिरो जाँदा ६५ वर्षीय छल्लली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अञ्जली बिक र १० वर्षीय हेमन्त बिकले ज्यान गुमाएको प्रहरीले जनाएको छ । गएरातिदेखि परेको अविरल वर्षाले सुतिरहेको अवस्थामा घर पुरिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवती–४ कि १० वर्षीया करिश्मा तरामु र १३ वर्षीय धनी तरामु घाइते भएको प्रहरीले जनाएको छ ।

उद्धार तथा राहतका लागि ३ वटै सुरक्षा निकायको टोली घटनास्थल पुगेकाे छ ।

प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update