Erani Mahal
नेकपाका संस्थापक नेता 'पुष्पलाल'काे सम्झनामा तिनाउमा वृक्षाराेपण
67826062_553121025222206_361637590647963648_n

पाल्पा - नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाललाई सम्झनामा वृक्षाराेपण गरिएकाे छ । तिनाउ गाउँपालिकामा वृक्षरोपण गरेर नेकपाका संस्थापक नेताकाे सम्झना गरिएकाे हाे ।

नेकपा तिनाउका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षतामा केन्द्रीय सदस्यीय तथा प्रदेशसभाका माननीय सांसद तुलाराम घर्तीकाे प्रमुख आतित्थ्यतामा भएकाे कार्यक्रममा जिल्ला सचिव गिर बहादुर थापा, प्रदेश सदस्यीय चक्रब्यूह थापा र कार्यालय सदस्य ओ बहादुर घर्तीमगरले कामरेड पुष्पलालकाे याेगदानकाे चर्चा गर्नुभएकाे थियाे ।

वृक्षाराेपण कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधारणकाे सहभागिता रहेकाे थियाे ।

प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update