तिनाउ नदीकाे बाढीले खतराकाे तह पार गर्यो, सतर्क रहन आग्रह

रानीमहल संवाददाता || ७ श्रावण २०७६,मंगलवार ११:००
बुटवल – सोमबार रातिदेखि परेकाे अविरल वर्षाका कारण तिनाउ नदीमा जलसतहले खतराको तह पार गरेको छ । नेपाल बाढी मापन सूचना केन्द्रले तिनाउको माथिल्लो तटीय क्षेत्रमा जल सतहले खतराको तह पार गरेको र जल सतह बढ्दो क्रममा रहेको जनाएकाे छ ।
केन्द्रले मंगलबार बिहान ६ बजे सूचना जारी गर्दै बुटवलभन्दा तल्लो तटीय क्षेत्रका नदी किनारका बासिन्दालाई बेलुकासम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन आग्रह गरेको हो ।

रातिदेखि पाल्पा, गुल्मी, रूपन्देही क्षेत्रमा अबिरल वर्षात् भएकाे छ ।