Erani Mahal
पाल्पा रामपुरको नहर ठेकेदारको लापरबाहीले  भत्कियो
67282197_364505977581265_5929981416245821440_n-1

गुणस्तरहिन र स्टेमेट अनुसार काम नभएको उपभोक्ताको दावी

पाल्पा – रामपुरको खेतीयोग्य भूभाग सिंचाई गर्न निर्माण गरिएको नहरको काममा लापरबाही गरिएको छ । रामपुर क्षेत्रको सात सय ७० हेक्टर जमिनमा सिंचाई सुबिधा पु¥याउने उद्देश्यसहित निर्माण भईरहेको नहरको काम गुणस्तरहिन हुँदा नहर भत्किएको छ ।

निर्माण व्यवसायी र अनुगमन गर्ने निकायको लापरबाहीले रामपुरको नहर भत्किएको उपभोक्ताको आरोप छ । निर्माण गरेको दुई महिनामै दुई सय मीटर भन्दा बढी नहर भत्किएको र टेवा पर्खा, माटो फिलिङ् गर्नुपर्ने काम नगरेको रामपुरका स्थानीय बासिन्दाले बताएका छन् । उपभोक्ता समितिका अध्यक्ष नै पेटी ठेकेदार बन्दा काम गुणस्तर नभएको कतिपयको भनाई छ ।


५ नं. प्रदेश सरकारले गत वर्ष विनियोजन गरेको दश करोड लगानीमा रामपुर फाँट सिचाई गर्न नहर निर्माणको काम सुरु भएको थियो । गत जेठ महिनादेखि सुरु भएको नहरको काम गुणस्तरहिन रहेको स्थानीय बासिन्दाको आरोप छ । प्रदेश सरकारले रामपुरका सबै स्थानमा सिंचाईको पहुँच पु¥याउने उद्देश्यका साथ नहर निर्माण गर्न १० करोड वजेट छुट्याएको थियो ।

उक्त बजेटमध्ये सात करोड ५१ लाखमा ब्रदर्श कन्ट्रयाक्याटिङ्ग एण्ड कन्स्ट्रक्सन प्रालि, महादेव खिम्ती कन्स्ट्रक्सन, डी कैलाश कन्स्ट्रक्सनलाई निर्माणको काम ठेक्का परेको थियो ।

पहिलेको नहर जीर्ण भएका कारण नयाँ नहर बनाउने योजना सहित काम सुरु भएको हो । इन्जिनियर र ठेकेदारलाई गुणस्तरका विषयमा सोधपुछ गर्दा धम्क्याउने गरेको स्थानीय बासिन्दाको भनाई छ । सिंचाई कार्यालय पाल्पाका प्रमुख श्रीधरप्रसाद भट्टराईले निर्माणकै क्रममा रहेको नहरमा पानी बग्दा नहर भत्किएको बताउनुभयो ।


स्टमेट अनुसार काम नभएको स्थानीय बासिन्दाको गुनासोका सम्बन्धमा प्रमुख भट्टराईले स्टमेट अनुसार नहर निर्माणको काम भएको दावी गर्नुभयो । तर उपभोक्ताले भने नहरको काम सकिएको एक महिनापछि मात्र पानी बगेको स्थानमा पनि नहर भत्एिकाले नहर निर्माणमा लापरबाही भएको बताउँदै आएका छन् ।

नहर भत्किएको विषयमा निर्माणको जिम्मा पाएको ब्रदर्श कन्ट्रयाक्याटिङ्ग एण्ड कन्स्ट्रक्सन प्रालिका निर्माण व्यवसायी सम्सुल हकदिन मियाले आरसिसी पर्खाल सेट नभएका दावी गर्दै पानीको बहाव एकै पटक ठूलो हुँदा नहर भत्किएको दावी गर्नुभयो ।

प्रकाशित मिति: सोमबार, साउन ६, २०७६  २०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update