Erani Mahal
तानसेनकाे 'मिसन अस्पताल' क्षेत्रमा आगामी भदाैं ५ गतेदेखि मदिरा निषेध !
madira-nisedh

बजार क्षेत्रका हाेटलले बालबालिकालाइ सुर्तीजन्य पदार्थ बिक्री गरे

पाल्पा – नेपालकै पुरानो अस्पतामध्येको मिसन अस्पतालमा वरिपरि मदिरा निषेध गर्ने निर्णय गरिएको छ । जिल्ला सदरमुकाम तानसेनको भुसलडाँडामा रहेको मिसन अस्पताल क्षेत्रको पाँच सय मिटर वरिपरि कुनै पनि मदिरा बिक्री बितरण गर्न नपाइने भएको हो ।


तानसेन–१, नं. वडाको लायन्स धर्मशाला देखि कवर्डहल, गैरागाउँ चण्डीस्थान, गोरर्खेकोट देउराली दुर्धघाट शसत्र प्रहरी बल गुल्म लगायतका क्षेत्रमा कुनै पनि महिदाजन्य पदार्थको सेवन निषेध गरिएको हो । तानसेन १ नं. वडा र तानसेन नगरपालिकाको कार्यपालिकाको बैठकको निर्णयबाट जिल्ला प्रशासनमा अनुरोध भई आएकाले सोही अनुसार निर्णय भएको पाल्पाका प्रमूख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले बताउनुभयो ।


मदिरा खाएर त्यसक्षेत्रमा होहल्ला, झैझगडा भएको गुनासोका आधारमा नगरपालिका र वडा पालिकाले निर्णय गरेर प्रशासनमा मदिरा निषेध गर्न अनुरोध गरेको थियो । निर्णय अनुसार २०७६ भदौँ ५ गतेदेखि मदिरा निषेधित क्षेत्र कार्यान्वयन हुने तानसेन नगरपालिकाका प्रमूख अशोककुमार शाहीले बताउनुभयो । भदौँ ५ गतेसम्म पत्रपत्रिका तथा संचारमाध्यम्मा सूचना जारी गर्ने स्थानीय स्तरमा माइकिङ् गर्ने लगायतका निर्णय समेत भएको छ ।


यसैबीच तानसेनका विद्यालय नजिक सञ्चालनमा रहेका होटल तथा रेष्टुरेन्ट विद्यार्थीहरूले धुम्रपान र मध्यपान गर्ने अखडा बनेको छ । तानसेन बजारभित्र रहेका विद्यालय परिसरमै खोलिएका होटल तथा रेष्टुरेन्टमा विद्यालय उमेरका बालबालिकाका लागि लुकेर चुरोट, गुट्खा एवं अन्य मदिरा सेवन गर्ने स्थल बनेकाे छ ।


विद्यालयसँग जोडिएका अधिकांश होटलमा पसेर विद्यालयमा पढ्ने कक्षा ५ देखिका बालबालिकाले चुरोट, सुर्ति खैनीजस्ता मदिरा सेवन गर्ने गरेका छन् । १८ वर्ष उमेर नपुगेका बालबालिकालाई सुर्तिजन्य पदार्थ बिक्रीवितरण गर्न नपाइने भए पनि विद्यालय नजिकै सञ्चालनमा रहेका पसल तथा होटलले खुलेआम चुरोट, गुट्खा र मदिरा बिक्री गरेका छन् ।
पछिल्लो समय तानसेनमा मदिरा तथा अन्य सुर्तीजन्य पदार्थको ऐनविपरीत बिक्रीवितरण भएपनि अनुगमन हुन सकेको छैन ।

प्रकाशित मिति: सोमबार, साउन ६, २०७६  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update