Erani Mahal
नेकपा पाल्पाकाे इन्चार्जमा पाण्डेय र सह-इन्चार्जमा घर्तीमगर
Untitled-1-copy-1-1

पाल्पा – नेपाल कम्युनिस्ट पार्टी पाल्पाको जिल्ला इन्चार्जमा केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेय र सहइन्चार्जमा केन्द्रीय सदस्य तुलाराम घर्तीमगर (बसन्त)ले जिम्मेवारी पाउने सहमति भएकाे छ ।

पाण्डेय पूर्व नेकपा एमालेका केन्द्रीय सदस्य रहनुभएकाे थियाे भने घर्तीमगर पूर्व नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रहनुभएकाे थियाे । अहिले दुबैजना नेकपाका केन्दीय सदस्य रहनुभएकाे छ । नेकपा पाल्पामा जिल्ला अध्यक्ष पूर्व एमालेबाट नारायण आचार्य र सचिवमा पूर्वमाओवादीबाट गीरबहादुर थापाले जिम्मेवारी पाइसक्नुभएकाे छ ।

नेकपाकाे आइतबार बसेकाे सचिवालय बैठकले ७७ जिल्लाकाे इन्चार्ज र सहइन्चार्जकाे जिम्मेवारी ताेकेकाे हाे । सहमतिअनुसार एमालेले ४४ जिल्ला लिएको थियो भने पूर्वमाओवादी केन्द्रको भागमा ३३ जिल्ला परेको थियो । एमालेले अध्यक्ष पाएको जिल्लामा माओवादी केन्द्रले सचिव लिएको थियो ।

यसअघि इन्चार्जमा घर्ती र सहइन्चार्जमा पाण्डेय भन्ने चर्चा चलेकाे थियाे ।

पाल्पा लगायत ५ नं. प्रदेशमा जिल्लाका इन्चार्ज र सहइन्चार्ज यसप्रकार रहेका छन् ।

प्रकाशित मिति: आइतबार, साउन ५, २०७६  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update