Erani Mahal
पाल्पाकाे भालेबासमा बस र माेटरसाइकल ठाेक्किदा २ जना गम्भीर घाइते
Accident1521_ndQD1AFEnE

पाल्पा - सिद्धार्थ राजमार्ग अन्तरगत भालेबास नजिकै आइतबार दिउँशाे सवारी दुर्घटना हुँदा २ जना यात्रु गम्भीर घाइते भएका छन् । पाेखराबाट बुटवल जाँदै गरेकाे ग १ ख ५५२६ नम्बरकाे बस र बिवरीत दिशाबाट आएकाे लु १२ प ४७७९ नम्बरकाे माेटरसाइकल आपसमा ठाेक्किदा माेटरसाइकलमा सवार २ जना गम्भीर घाइते भएका हुन् ।

माेटरसाइकल चालक बगनासकाली-३, बस्ने वर्ष २३ काे सुजन न्याैपाने र माेटरसाइकल पछि बस्ने गुल्मी जिल्ला सत्यवती गाउँपालिका ६ बस्ने वर्ष १८ काे कपिल भण्डारी गम्भीर घाइते भएका हुन् । उनीहरू दुबैकाे उपचार तानसेन प्रभासस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेकाे छ ।

बस र बसका चालकलाइ नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकाेटाले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: आइतबार, साउन ५, २०७६  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update