Erani Mahal
इन्जिनियर घुस सहित पक्राउ
5cceb56ba9843

काठमाडौं – १५ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ जना इन्जिनियर सहित ४ जनालाई नियन्त्रणमा लिएको छ । 

अख्तियारले शनिबार कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियामा कार्यरत इन्जिनियर कमल सिटौला, विश्वेश्वर प्रसाद साह, हरी प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझालाई घुससहित नियन्त्रणमा लिएको हो । 


निर्माण योजना तारजाली भर्ने कामको बिल रकम भुक्तानी गरे वापत सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियारको नेपालगन्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरुलाई १५ लाख घुस लिइसकेको अवस्थामा बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर १ बाट नियन्त्रणमा लिइएको अख्तियारको नेपालगन्ज सम्पर्क कार्यालयका शाखा अधिकृत नारायणदत्त उपाध्यायले बताउनुभयाे । उनीहरूमाथि थप अनुसन्धान भइरहेकाे उहाँले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: शनिबार, साउन ४, २०७६  २०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update