Erani Mahal
तानसेनका युवालाई सहुलियत व्याजदरमा विनाधितो ऋण दिन सुरु
aaaa

पाल्पा – तानसेन नगरपालिकाले युवालाई विनाधितो ऋण दिन नेपाल बैंक लिमिटेडसँग सम्झौता अनुसार बैँकले कर्जा प्रवाह थालेको छ । तानसेनभित्रका युवालाई स्वरोजगार बनाउने उद्देश्यका साथ नगरपालिका जमानी बसेर सिफारिस गरेपछि नेपाल बैंक लिमिटेडले विनाधितो ऋण दिने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार तानसेन–८, का श्रवणकुमार लम्साललाई बिनाधितो पाँच लाख ऋण प्रदान गरिएको हो ।

तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही र नेपाल बैंक पाल्पाका प्रवन्धक सुरज घिमिरेले संयुक्त रुपमा ऋणको ‘अफर लेटर’ हस्तान्तरण गर्नुभएको छ । लम्सालले गाईपालनका लागि सस्तो ब्याजदरमा नेपाल बैंक पाल्पा शाखाबाट पाँच लाख ऋण प्राप्त गर्नुभएको छ ।

तानसेन नगरपालिका प्रमुख शाहीले ऋणको सदुपयोग गर्न आग्रह गर्दै आगामी दिनमा थप युवालाई समेत ऋण प्रदान गरिने बताउनुभयो । नेपाल बैंक पाल्पाका प्रवन्धक सुरज घिमिरेले तानसेन नगरपालिकाको यूवा स्वरोजगार कार्यक्रममार्फत ऋण लिने सेवाग्रहीलाई बैंकले कुनै सेवा शुल्क नलिने बताउनुभयो । स्वरोजगार कार्यक्रमका ऋणीले हरेक महिना सावा/व्याज सहित तीन वर्षसम्म किस्ता तिर्नुपर्नेछ । नियमित सावा ब्याज भूक्तानी गर्नेलाई तीन तीन महिनामा ब्याज फिर्ता गर्ने व्यवस्था छ ।

प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update