Erani Mahal
पाल्पा डुम्रेका किसानलाई उत्पादनमा आधारित अनुदान वितरण
66856967_403894326898839_5117556294571524096_n

पाल्पा– डुम्रे दुग्ध उत्पादक किसानहरुलाई अनुदान वितरण गरिएको छ । डुम्रे दुग्ध उत्पादक सहकारी संस्था मार्फत दुध विक्री गर्ने किसानलाई प्रदेश सरकारको सहयोगमा प्रतिलिटर दुई रुपैंयाका दरले अनुदान वितरण गरिएको हो । पशुपन्क्षी तथा मत्स विकास निर्देशनालय प्रदेश नं. ५ को सहयोगमा १६ लाख ९० हजार रुपैंया वितरण गरिएको हो ।


मस्याम, ठिमुरे, मदनपोखरा, तानसेन, रुप्से लगायतका स्थानका किसानहरुलाई डुम्रे दुग्ध उत्पादक सहकारी संस्थामार्फत दुध विक्री र उनीहरुको वार्षिक उत्पादनका आधारमा प्रतिलिटर दुई रुपैंयाको दरले अनुदान वितरण गरिएको हो ।


कार्यक्रमका प्रमुख अतिथि तिनाउ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्ती मगरले उहाँले उत्पादनमा आधारित अनुदान दिएकोमा प्रदेश सरकारलाई धन्यवाद दिर्दै गाउँपालिकाले समेत यस वर्षबाट प्रतिलिटर २ रुपैंया अनुदानको व्यवस्थापन गरेको बताउनुभयो । उहाँले तिनाउँका किसानलाई व्यवसायीकरण र आधुनिक पशुपालन गर्नका लागि दाना बनाउने मेसिन, दुध दुहुने मेसिन, भकारो सुधार लगायतका कार्यक्रम संचालन गरिने बताउनुभयो ।


कार्यक्रममा पशु विज्ञकेन्द्र पाल्पाका डा. चन्द्रबहादुर रानाले पशु विकास कार्यक्रमका लागि प्रदेश सरकारबाट प्रदान गरिने कार्यक्रमको बारेमा जानकारी दिनुभयो । कार्यक्रममा तिनाउँ ६ का वडा अध्यक्ष टोमबहादुर पुन, तानसेन ८ का वडा अध्यक्ष रामप्रसाद घिमिरे, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष रामजी घिमिरे, तानपा ८ का वडा सदस्य कुलबहादुर नगरकोटी लगायतले सरकारले उत्पादन बढाउन र आयात घटाउन उत्पादनमा आधाररित अनुदान कार्यक्रमलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।


डुम्रे दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दुर्गा विष्टको स्वागतबाट सुरु भएको कार्यक्रम अध्यक्ष दुर्गा खाँडको अध्यक्षता र व्यवस्थापक गोपाल जिसीको संचालनमा भएको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update