Erani Mahal
माथागढीको दिव्यज्योति मावि नमूना विद्यालयको रुपमा छनौट
65236237_1292485940910715_908921182705680384_n

पाल्पा - पाल्पाको माथागढी गाउँपालिका–३, सराइस्थित दिव्य ज्योति माध्यमिक नमूना विद्यालयको रूपमा छनौट भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत बिकास केन्द्रले दिव्यज्योतिलाइ नमुना विद्यालयको रुपमा छनौट गरेको हो । देशभरमा ८४ विद्यालय नमूना विद्यालयको रूपमा छनौटमा परेका छन् । पाल्पामा अन्य ८ गाउँपालिकाबाट नमूना विद्यालयका लागि सिफारिस भएपनि सबै मापदण्ड पूरा गरेपछि दिव्य ज्योति नमूनामा छनौट भएको बताइएको छ ।

नमुना विद्यालयहरुले भौतिक पूर्वाधार लगायतका क्षेत्रमा काम हुने गरी ५ करोड अनुदान प्रदान गर्ने व्यवस्था मन्त्रालयको छ । विद्यालले नमुना विद्यालयलाई बनाउन सहयोग गर्नुहुने सवै शुभचिन्तकप्रति धन्यवाद सहित आभार प्रकट गरेको छ । सामाजिक सञ्जालको प्रयोग गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेखीराम राना र प्रअ नारायण अधिकारीले विद्यालय सहयोग गर्नुहुने मानुभावप्रति धन्यवाद व्यक्त गर्नुभएकाे छ ।

प्रकाशित मिति: बुधबार, साउन १, २०७६  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update