Erani Mahal
४ प्रतिशत आर्थिक बृद्धिदर हुँदा प्रशंसा गर्नेहरू ७ प्रतिशत पुग्दा निरासाको गीत गाईरहेछन् : मुख्यमन्त्री पोखरेल
tinau-khola-pull

पाल्पा – ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले यतिबेला निरासाको खेती गर्ने पङ्तिबाट राष्ट्रलाई ओरालोतर्फ धकेल्ने काम भईरहेको बताउनुभएको छ । देशका नागरिक समाज, बुद्धिजीवि, युवाले निरासाको खेती गरेर समय बर्वाद गरिरहेको उल्लेख गर्दै त्यसले जनता र राष्ट्रलाई फाइदा नगर्ने मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।

जतिबेला मुलुकमा चार प्रतिशत आर्थिक बृद्धिदर हुँदा प्रशंसै प्रशंसा गर्ने अर्थशास्त्री, समाजशास्त्रीहरू अहिले छ/सात प्रतिशत आर्थिक बृद्धिदर हुँदा पनि निरासाको खेती गरिरहेका छन् उहाँले भन्नुभयो । अहिले छ/सात प्रतिशत आर्थिक बृद्धिदर हुँदा पनि विकास नै भएको छैन भनेर भनिरहने यो के हो भने उनीहरूलाई नेकपा सरकारमा आएको मन परेको छैन ।

पाल्पाको बाँसटारी झडेवा सडक खण्डको अम्लिहानमा बनेको पुलको मङ्गलबार उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले निरासाको खेती गर्नेहरूलाई नेकपाको दुईतिहाई सरकार मन परेको छैन उहाँले भन्नुभयो त्यस्ता खालका मनोवृत्तिबाट लड्न जनता सचेत हुनुपर्छ ।
प्रदेशका अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका पोखरेलले यो वर्ष सबैभन्दा बढी उच्च आर्थिक बृद्धिदर हासिल गर्ने नेपालमै ५ नं. प्रदेश सरकार सफल रहेको बताउँदै आगामी वर्ष प्रदेश सरकारले आठ प्रतिशत आर्थिक बृद्धिदर सजिलै हासिल गर्ने दावी गर्नुभयो ।

पोखरेलले आर्थिक उन्नति चाहिएको हो भने कृषिमा लगानी गर्नुपर्ने र मान्छेलाई बदल्ने हो भने शिक्षामा लगानी गर्नुपर्ने बताउनुभयो । कृषिबाट मान्छेको आम्दानी बढ्छ उहाँले भन्नुभयो आम्दानी बढ्दो भने उद्योग, पर्यटनलगायतका क्षेत्रको स्वतः परिवर्तन हुने बताउनुभयो ।
कार्यक्रममा ५ नं. प्रदेशका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले पाल्पाको विकास निर्माणमा प्रदेश सरकारले पर्याप्त ध्यान दिएको बताउनुभयो ।

कार्यक्रममा सङ्घीय सांसद दलबहादुर रानाले अम्लिहान पुलले सिद्धार्थ राजमार्गको वैकल्पिक मार्गको आधार तयार गरेको बताउनुभयो । यस्तै सङ्घीय सांसद सोमप्रसाद पाण्डेयले आफू पहिले देखि नै अम्लिहान पुल निर्माणको काममा लागेको बताउँदै लामो समयको प्रयासपछि पुल निर्माण भएको बताउनुभयो ।

कार्यक्रममा ५ नं. प्रदेशका सभासद् नारायण आचार्यले देशभरका निर्माण व्यवसायी बदनामी कमाईरहेका बेला अम्लिहान पुल निर्माणको जिम्मा लिने निर्माण व्यवसायीले समय अगावै काम सकेर उदाहरण बनेको बताउनुभयो । कार्यक्रममा पुल निर्माण व्यवसायी अनिल सिल्वाललाई आठ महिनामै पुल निर्माणको काम सकेको भन्दै स्थानीय बासिन्दाले सम्मान गरेका थिए ।

यस्तै ५ नं. प्रदेशका सभासद् नारायण आचार्यले आठ महिनामै पुल निर्माणको काम सकेको भन्दै नगद दश हजार सहित व्यवसायीलाई सम्मान गर्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०७६  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update