Erani Mahal
पाल्पामा बढ्याे बलात्कारका घटना
balatkar-garne-pakrau-1

पाल्पा - पाल्पामा हरेक वर्ष बलात्कारका घटनामा बृद्धि भएको छ । आफन्त र छिमेकीबाट बलात्कृत भएका बालिका, किशोरी र महिलाहरू उजुरीका लागि प्रहरीसम्म आउन थालेपछि मुद्दाको सङ्ख्यामा बृद्धि भएको हो ।


आर्थिक वर्ष २०७३/०७४ मा जिल्ला प्रहरी कार्यालय पाल्पामा चार वटा मात्र बलात्कारका मुद्दा दर्ता भएका थिए । यस्तै आव २०७४/०७५ मा आठ वटा बलात्कार सम्बन्धीका मुद्दा दर्ता भएको जिप्रका पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो । तर यो चालु आवको ११ महिनामा बलात्कारका २२ वटा मुद्दा दर्ता भईसकेको सापकोटाले जानकारी दिनुभयो ।

यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा तेब्बर बढी हो । ग्रामीण भेगका सर्वसाधारणमा समेत चेतना बढेका कारण जबर्जस्ती करणीका उजुरी प्रहरीसम्म आएको प्रहरीको दावी गरेको छ । प्रहरीमा आएपछि कारबाही समेत हुने विस्वासले यस्ता जघन्य अपराधी बिरुद्ध पीडितहरू प्रहरीको कार्यालयसम्म आएको प्रहरी नायव उपरीक्षक सापकोटाको भनाई छ ।

तस्विर स्राेत : गुगल ।


घरमा वा अन्य स्थानमा एक्लै भएका बेला आफन्त, छिमेकीबाट बलात्कारको सिकार बनेका बालिका, किशोरी तथा महिला उजुरी लिएर प्रहरीसम्म आउँछन् । पछिल्लो समयमा पाल्पामा टिूप्पर चालकबाट समेत बलात्कारका घटना भएको प्रहरीले जनाएको छ । जिल्लाभर सञ्चालनमा आएका एक हजार पाँच सय टिूप्परमा लिफ्ट लिएर यात्रा गर्ने महिला तथा युवती बलात्कारीको सिकार बन्ने गरेका छन् ।


सहमतिमा यौन सम्बन्ध राख्ने र पछि कुरा नमिका घटना समेत प्रहरीमा आउन थालेको छ । उमेर पुगेका महिलाहरू सहमतिमा यौन सम्बन्ध राख्ने र पछि घटना भएको लामो समयपछि पनि प्रहरीमा उजुरी लिएर आउने पीडित पनि बढेको प्रहरीले जनाएको छ ।


प्रहरीले गत वर्ष सात जनालाई जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको थियो । जबर्जस्ती करणीमा बालिका, किशोरी देखि लिएर बृद्धा समेत पीडित बन्ने गरेको जिल्ला अदालत पाल्पाले जनाएको छ । प्रविधिको प्रयोग, खुला समाजको विकास हुने क्रम बढेकाले बलात्कार समेत हुने गरेको छ पाल्पा जिल्ला अदालतका श्रेस्तेदार कृष्णमुरारी सिग्देलले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०७६  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update