Erani Mahal
पहिराे हटाउन सिद्धार्थ राजमार्ग आज १० देखि ३ बजेसम्म बन्द
66463368_2430528770340545_8049732000854048768_n

पाल्पा - डिभिजन सडक कार्यालय पाल्पाले सोमबार विहान १० बजे देखि दिउँसो ३ बजेसम्म दुबै तर्फका सवारीसाधन रोकी सडक छेउछाउको पहिरो र ढुङगा हटाउन लागेको डिभिजन सडक कार्यालय पाल्पाले जानकारी दिएको छ ।

तिनाउँ गाउँपालिका ३ दोभानप्रहरी चौकि देखि सिद्धबाबा हेडबक्स क्षेत्रको सडक छेउछाउका ढुङगा र पहिरोले दुर्घटनाको जोखिम बढाएको भन्दै सवारी आवतजावत रोकेरै भएपनि पहिरो हटाउन लागिएको सडक डिभिजन कार्यालयका प्रमुख प्रमुख ईन्जिनियर केदारप्रसाद नेपालले जानकारी दिनुभयो ।

यसबाट सावारी आवतजावतमा पर्न गएको असुविधा प्रति डिभिजन सडक कार्यालयले क्षमा मागेकाे छ । यात्राको क्रममा होसियारीता अपनाएर मात्र यात्रा गर्न डिभिजन सडक कार्यालय पाल्पाले सबै यात्रु र सावरीचालकलाई आग्रह गरेको छ । वर्षायाम सुरुभएसँगै बुटवाल– पाल्पा सडक खण्डको दोभान हेडबक्स क्षेत्र अत्याधीक जोखिमको क्षेत्र हाे ।

यस क्षेत्रमा बर्षेपिच्छे दर्जन बढीले पहिरोकै कारण ज्यान गुमाउन परेको छ भने सयौंले अङग भङगको क्षति ब्योहोर्नु परेको छ ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०७६  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update