Erani Mahal
पुल नहुँदा जाेखिम माेलेर निस्दी खाेला तर्नुपर्ने बाध्यता
66521779_1570145426450058_6942622348298158080_n-1

पाल्पा - हरेक वर्ष वर्षात् सुरू भएपछि सदरमुकाम तानसेन र बजार क्षेत्रमा कसरी जाने पिरालोले अर्चलेबासी र त्यस क्षेत्र आसपासका जनताहरुलाई सताई रहेको हुन्छ । पूर्वखोला गाउँपालिका र निस्दी गाउँपालिका पाल्पाको सिमाना रहेको निस्दीखोला वारपार गर्नका लागि पुल नहुँदा त्यहाँका बासिन्दाहरुलाई सास्ती भइरहेको छ ।

पूर्वखोला गाउँपालिकाको सिलुवा बजारबाट ७ किमि दक्षिण लागेपछि निस्दीखोला पुगिन्छ।हरेक वर्षको वर्षा याम शुरु भए देखि ४/५ महिना सम्म सवारीसाधन आवातजावत गर्न गाह्रो हुने र सदरमुकाम देखि अर्चले सम्म चल्ने गाडीहरूलाई अबरुद्ध हुने गर्दछ।खोलामा मान्छे तर्न सक्ने हुँदा सम्म मोटरसाइकल पार गरेर सहयोग गर्ने गरेको स्थानीय व्यापारी बिजय सारुले बताउनुभयो।

त्यहाँका युवाहरुले एउटा मोटरसाइकल पार गराई दिए बापत ५ सय रुपैयाँ देखि १ हजार सम्म लिने गरेको स्थानीय कृष्ण बहादुर सुनारीले बताउनुभयाे । पैदल यात्रीहरुका लागि झोलुङ्गे पुल भएपनि पक्की पुल नबन्दा साविकको अर्चले गाविसका सम्पूर्ण वडा र ज्यामिरे र मित्यालका केही भेगका जनताहरुले बर्सेनि कठिन यात्रा गर्नु परेको छ।

हरेक चुनावमा चुनावी एजेन्डा बनेको पक्की पुल बनेको हेर्ने र निर्धक्क यात्रा गर्ने दिनको पर्खाइमा रहेको स्थानीय खेम बहादुर बिकले भनाई रहेको छ । त्यसो त गएको चैत १० गते डिटेल सर्भेका लागि प्रविधिक टोली आएपनि त्यसको के कति लागत लाग्ने पुष्टि हुन बाँकी रहेको बताएको छ।

त्यस क्षेत्रमा पक्की पुल निर्माणका लागि स्थानीय सरकारले प्राथमिकतामा राखेर जोड दिएको र अब छिट्टै प्रदेश सरकारमा आवश्यक पहल गर्ने कार्यक्रम रहेको निस्दी गाउँपालिका पाल्पाका प्रवक्ता तथा वडा नम्बर-६,अर्चलेका वडाध्यक्ष मेख बहादुर सुनारीले बताउनुभएको छ।

प्रकाशित मिति: आइतबार, असार २९, २०७६  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update