Erani Mahal
पूर्वखाेला गाउँपालिकाकाे पाँचाै गाउँसभा सम्पन्न
159

पाल्पा - पूर्वखोला गाउँपालिकाको पाँचाै गाउँसभा सकिएको छ । गाउँपालिकाका अध्यक्ष नून बहादूर थापाको अध्यक्षमा भएकाे सभामा गाउँपालिकाकी उपाध्यक्ष भागरथी भट्टराइले ४२ करोड ७ लाख ६० हजार बराबरकाे बजेत तथा कार्यक्रम प्रस्तुत गर्नुभयाे ।

सभाले अाव २०७६/०७७ का लागि प्रस्तुत निति तथा कार्यक्रम सर्वसहमतिकका साथ पारित गरेको छ । यस्तै गाउँपालिकाले शिक्षालाई जोड दिएर निति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

गाउँपालिकाले प्रत्येक वडामा ७० लाख बराबरको बजेट तथा कार्यक्रम गर्ने जनाएकाे छ । यस्तै शिक्षामा ४ करोड १४ लाख ८१ हजार, कृषि / पशुपालनतर्फ १ करोड ४४ लाख ५० हजार, स्वास्थ्यमा १ करोड ७ लाख २० हजार र भैतिक पूर्वधार तर्फ २ करोड ६८ लाख ३५ हजार विनियाेजन गरेको छ ।

सभाले गाउँपालिकाले भित्रकका विद्यालयलाइ केही रकम अनुदान दियर सबै विद्यालयको पाेशाक एउटै वनाईने गाउँपालिका अध्यक्ष नून बहादूर थापाले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, असार २९, २०७६  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update