Erani Mahal
तिनाउमा शिक्षा, पूर्वाधार विकास र कृषि क्षेत्रलाइ प्राथमिकता
66578876_339119370354964_221457262630141952_n

पाल्पा - तिनाउ गाउँपालिकाले कृषि पशुपालन र शिक्षा क्षेत्रलाई लक्षित गरी नीति, कार्यक्रम र बजेट ल्याएको छ । गाउँपालिकाले पाँचौं गाउँ सभाबाट पारित नीति तथा कार्यक्रम र बजेटमा कृषि तथा पशुपालन व्यवसायलाई विशेष प्राथमिकता सहित कार्यक्रम सार्वजनिक गरेको हो । यस्तै तिनाउले शिक्षा क्षेत्रकाे विकास गर्न समेत विशेष प्राथमिकता राखेर कार्यक्रम बनाएकाे छ ।

आव २०७६/०७७ मा कृषि र पशुपालन क्षेत्रका लागि ६० लाख र शिक्षा क्षेत्रकाे विकास गर्न एक करेाड बजेट विनियाेजन गरेकाे गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले जानकारी दिनुभयाे । गाउँपालिकालाइ कृषिबाट आत्मनिर्भर बनाउन र पशुपालन र कृषिकाे माध्यमबाट तिनाउकाे विकास गर्न बजेट विनियाेजन गरिएकाे उहाँकाे भनाइ छ ।

गाउँपालिकाभित्रका दोभान, मस्याम, झुम्सा, कोलडाडा, सत्यवती, ओखलढुङ्गालाई तरकारी उत्पादन क्षेत्र, ओखलढुङ्गालाई माहुरी पालन र अम्रिसो क्षेत्र, सत्यवती, चौकीभञ्याङ्ग र कोलडाडा क्षेत्रलाई तेजपात र केरा उत्पादन क्षेत्रका रुपमा विकास गर्ने कार्यक्रम ल्याएको छ ।

गाउँसभाले लगाड र मस्यामको उपल्लो क्षेत्रलाई कफी खेतीको सभावना रहेकोले त्यसलाई प्रवद्र्धन गर्दै जाने कचल फाँटमा सिचाईको केन्द्रीय आयोजना सम्पन्न भएपछि अन्न भण्डारको रुपमा विकास गर्ने पूर्वधार निर्माणका कार्यहरु संचालन गर्ने जसका लागि गह्रा सुधार कार्यक्रम सञ्चालन गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष घर्तीको भनाई छ ।

गाउँपालिकाले दोभान क्षेत्रमा माछापालनको सभावना रहेको हुँदा सम्भाव्य अध्ययन र परीक्षण परियोजना लागु गर्ने र लदुवा क्षेत्रलाई आलु तरकारी र काँक्रा उत्पादन क्षेत्र र भस्त खोला क्षेत्रलाई च्याउको पकेट क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ गाउँपालिका अघि बढेको छ ।

आगामी वर्षदेखि धान र मकैको वीजवृद्धि कार्य परीक्षणका रुपमा सञ्चालन गर्ने, कृषि उत्पादनका लागि समुहगत रुपमा मिनीटिलर, थेस्रर वितरण गर्ने कार्यक्रमलाई निरतन्रता प्रदान गरिनेमा जोड दिएको छ । बेशी क्षेत्रमा आप लिची र केरा तथा दोभानको माराबाँस, बडहरे, गाउँपालिकाको माथिल्लो क्षेत्रलाई कागती पकेट क्षेत्रको रुपमा विकास गरिने छ । त्यसैगरी कृषिकलाई विभिन्न तालीमको र अनुदानको व्यवस्था गरिने गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरूले जानकारी दिनुभयाे ।

पनेरूले गत वर्षमा भाैतिक पूर्वाधार निर्माणलाइ केन्द्रित गरेर बजेट विनियाेजन गरेकाे उल्लेख गर्दै पूर्वाधार निर्माण क्षेत्रकाे बजेटमा ४० प्रतिशत भाैतिक निर्माण गर्नुपर्ने अनिवार्य गरिएकाे जानकारी दिनुभयाे । भाैतिक संरचना निर्माणमा ४० प्रतिशत लगानीले मात्र सडक लगायतका क्षेत्रमा भएकाे लगानीकाे सार्थकता हुने उहाँकाे भनाइ छ ।

यस गाउँपालिकाको झिगामारा, ठुलीदांग, हरियाली गाउँ, कोलडाडा, गिजीनचौर, पाटन, चौकीभञ्याङ्ग क्षेत्रलाई बाख्रापालन क्षेत्रको रुपमा विकास गर्ने सम्भावना भएकोले सम्भाव्यता अध्ययन गरी समुहगत बाख्रापालन फारम स्थापनाको पूर्वधार तयार गरी कार्यक्रम लागु गर्न विशेष अनुदानका कार्यक्रम ल्याइने प्रवक्ता राजेश श्रेष्ठको भनाई छ ।

यस्तै गाउँपालिकाले गत वर्ष २ वटा विद्यालयका छात्राबास कार्यक्रम संचालन गरेकाे र यस वर्ष ४ वटा माविमा छात्राबास कार्यक्रम संचालन गर्ने जनाएकाे छ । टाढाबाट अाउने विद्यार्थीलाइ मध्यनजर गर्दै छात्राबास कार्यक्रमलाइ सहयाेग गरिएकाे हाे । यस्तै विद्यालयकाे भाैतिक पूर्वाधार निर्माण, गुणस्तरीय शिक्षा प्रदान गर्न, सिकाइ उपलब्धी बढाउन, इहाजिरी मेसिनकाे प्रयाेग गरेर शिक्षा क्षेत्र सुधार गर्न १ कराेड बजेट विनियाेजन गरिएकाे छ ।

तिनाउ गाउँपालिकाकाे पाँचौ गाउँसभा मार्फत ४० करोड ४७ लाख बजेट पारित गरेको हो । गाउँसभाले आगामी आर्थिक वर्षका लागि स्थानीय सडक, खानेपानी, कृषि तथा पशुपालन, स्वास्थ्य, शिक्षा, सिचाई, विद्युत, सस्कृति र पर्यटन लगायतका क्षेत्रमा विशेष प्राथमिकताका आधारमा बजेट विनियोज गरिएको जनाएकाे छ ।

कार्यक्रममा प्रमूख अतिथि जिल्ला समन्वय समितिका प्रमूख दयाराज बस्यालले तिनाउ जिल्लाकै सबैभन्दा महत्वपूर्ण गाउँपालिका भएकाले विकास निर्माणकाे काममा तिनाउले फड्काे मार्ने बताउनुभयाे । याेजनाकाे प्राथमिकीकरण गरेर समृझ गाउँपालिका बनाउन तिनाउका सबै टीम खट्ने उहाँले विस्वास गर्नुभयाे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्यालले दुध उत्पादन गर्ने किसानलाइ दुध उत्पादनकाे आधारमा अनुदान दिने काम जिल्लामै महत्वपूर्ण भएकाे बताउनुभयाे । कार्यक्रममा तिनाउ वडा नं. ३ का अध्यक्ष प्रेम पाण्डेले सबैकाे सहमित र छलफलबाट मात्र विकासले सार्थकता पाउने बताउनुभयाे । कार्यक्रम तिनाउ गाउँपालिकाकी उपाध्यक्ष दमयन्ती थापाकाे स्वागत, प्रमूख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरूकाे संचालन र अध्यक्ष ओमबहादुर घर्ती मगरकाे अध्यक्षतामा भएकाे थियाे ।

प्रकाशित मिति: आइतबार, असार २९, २०७६  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update