Erani Mahal
पाल्पा नवजात शिशु चोरी काण्ड : ढाटको श्रृङ्खला अपराधमा पुगेर टुङ्गियो  !
Untitled-1-copy

श्रीमानलाइ बच्चा देखाउन नवजात शिशुको चोरी गरे : बीमकला

पाल्पा – विदेशमा भएको श्रीमान्लाई आफू गर्भवती भएको र बच्चा समेत जन्माएको प्रमाणित गर्न अस्पतालबाट अर्कैको बच्चा चोरेर फरार भएको खुलेको छ । तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासबाट शुक्रबार बेलुकी तानसेन–९, मदनपोखराकी २२ वर्षिया जमुना रानाले जन्माउनुभएको बच्चा लिएर फरार भएकी महिला पक्राउ परेपछि यसको रहस्य खुलेको हो ।


शुक्रबार दिउँशो जमुनाकी आमाले स्याहार गरिहनुभएको बेला सघाउने नाममा स्याङ्जा जिल्ला गल्याङ् नगरपालिका–५ बस्ने ३६ वर्षकी बिमकला पाण्डेले बच्चा लिएर फरार भएकी थिइन् । फरार भएकी पाण्डेले प्रहरीले शनिबार स्याङ्जाको मिर्मीबाट पक्राउ गरेर आइतबार सार्वजनिक गरिएको छ । पहिलो श्रीमान्को मृत्यु भएपछि नौँ महिनाअघि मात्र उनले दोस्रो विवाह गरेकी थिइन् ।

दोस्रो विवाहपछि विदेश गएका श्रीमान् गोविन्द भण्डारी (नेपालगन्ज)लाई आफू गर्भवती भएको भन्दै ढाट्दैँ आएकी थिइन् । महिना पुगेपछि उनी अस्पतालमा आइन् र भर्ना भईन् तर उनीबाट बच्चा जन्मिएन । त्यसपछि उनले लुम्बिनी मेडिकल कलेज प्रभासभित्रै शिशु चोर्ने योजना बनाइन् । सोही योजना अनुसार अस्पतालभित्र रहेका गर्भवतीलाई हेरेर उनले बच्चा चोरेर भाग्ने योजना बनाइन् प्रहरी स्रोत बताउँछ ।

प्रहरी स्रोतका अनुसार पहिलो विवाह १५ वर्षमा गरेकी थिइन् । गोविन्दसँग उनको २०७५ कात्तिकमा मात्र विवाह भएको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा नवजात शिशु चोरी गर्ने महिलालाई पक्राउ गरिएको जानकारी दिनुभयो । बच्चा भएपछि श्रीमान् आफूसँगै बस्ने र आफू र सन्तानले माया पाउने विस्वास पनि बच्चा चोरी गर्ने महिलाको रहेको पाइएको पाल्पाका प्रहरी प्रमूख प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले बताउनुभयो ।

उहाँका अनुसार ती महिलाले चोरी गरेर लगेको शिशुको स्वास्थ्य अवस्था समेत सामान्य छ भने शिशु परिवारलाई बुझाइएको छ । अस्पतालको गम्भीर लापरबाहीले बच्चा चोरिएको सुत्केरीका आफन्तले जनाएका छन् । महिलाले भने आफ्नो दिनग्रहदशा बिग्रिएका कारण यस्तो अपराध गर्न पुगेको बताइन् । घटनामा लापरबाही गरेको भन्दै लुम्विनी मेडिकल कलेजका स्टाफलाई समेत सोधपुछ गरिएको छ ।
यता अस्पतालले भने जमुनाका श्रीमान्ले अस्पतालमा रोजगारी दिने सहमति गरेको छ ।

तानसेन नगरपालिका ९ मदनपोखराकाका वडा अध्यक्ष हरिसुमर रेग्मी र अस्पतालका अध्यक्ष गोपालबहादुर पोखरेलले हस्ताक्षर गर्नुभएको सहमतिपत्रमा जमुनाकी श्रीमान्लाई रोजगार दिने र सुत्केरी खर्च बेहोर्ने सहमति भएको छ । अपरहण तथा शरीर बन्धक सम्बन्धी मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । अपहरण तथा शरीर बन्धक गर्नेमाथि १० देखि १५ वर्षसम्मको कैद हुने व्यवस्था छ ।

प्रकाशित मिति: आइतबार, असार २९, २०७६  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update