Erani Mahal
शिद्धबावा क्षेत्रमा झरेकाे पहिराेले पाल्पा निस्दीका सुनारीकाे ज्यान लियाे
666

पाल्पा - सिद्धबाबामा शनिबार दिउँशाे खसेकाे पहिराेका कारण निस्दी गाउँपालिका-४, मित्यालका ३० वर्षिय धनबहादुर सुनारीकाे मृत्यु भएकाे छ । लु ५० प ४६७१ नम्बरकाे माेटरसाइकलमा बुटवलबाट पाल्पा आउनुभएका सुनारीकाे बाटैमा आउने क्रममा एक्कासी खसेकाे ढुंगाले भीरतर्फ धकलेकाे थियाे ।

बुटवल–पाल्पा सडकखण्डअन्तर्गत हेडबक्स र रामापिथेकसबीचमा माथिबाट खसेको ढुंगासँगैको पहिरोले शनिबार दिउँसो करिब साढे दुई बजे उहाँलाई बगाएको थियो। उहाँको शब बेलुका साढे ५ बजेतिर निकालिएको हो ।

सडकमा माथिबाट चट्टान सहितको पहिरो आएकाले हटाउने काम भइरहेकाे दोभान प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक बालबहादुर घर्तीमगरले बताउनुभयाे । सडक अवरुद्ध भएपछि अहिले उक्त क्षेत्रमा सयौँ सवारीसाधन बाटोमै रोकिएका छन् ।

प्रकाशित मिति: शनिबार, असार २८, २०७६  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update