Erani Mahal
शिद्धबावामा पहिरोसहित मोटरसाइकल खस्यो, एक जनाको मृत्यु
dead_body

पाल्पा - पाल्पाको सिद्धार्थ राजमार्गको शिद्धबावा क्षेत्रमा मानिस सहित मोटरसाइकल खसेको छ । बुटवलबाट तानसेनतर्फ आइरहेको मोटरसाइकल रामापिथेकस नजिकै झरेको पहिरोसहित मोटरसाइकल र मानिस खसेको प्रहरीले जनाएको छ । मोटरसाइकल तिनाउ खोलामा पुगेको छ भने मानिस मृत अवस्थामा बीचमा अड्किएको छ ।


दोभान प्रहरी चौकीका प्रहरी नायव निरीक्षक बालबहादुर घर्तीमगरले मृत मानिस, मोटरसाइकल र झोला माथि ल्याउने प्रयास भईरहेको जनाएको छ । शिद्धबावा क्षेत्रमा वर्षात्को समयमा बारम्बार पहिरो खस्ने समस्याले हरेक वर्ष मानिसले ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ । मृतकको पहिचान भने खुल्न सकेको छैन ।

प्रकाशित मिति: शनिबार, असार २८, २०७६  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update