Erani Mahal
ताजा अपडेट : नवजात शिशु चाेर्ने महिला स्याङ्जामा भेटिए
11

पाल्पा - पाल्पास्थित लुम्विनी मेडिकल कलेज प्रभासबाट नवजात शिशु चाेर्ने महिलालाइ प्रहरीले नियन्त्रणमा लिएकाे जनाएकाे छ । शुक्रबार दिउँशाे ३ बजे तानसेन ९ मदनपाेखराकी जमुना रानाकाे बच्चा चाेरेर फरार रहेकी महिला स्याङ्जा जिल्लाकाे कालीगण्डकी गाउँपालिकामा भेटिएपछि नियन्त्रणमा लिइएकाे स्राेतले जनाएकाे छ ।

नियन्त्रणपछि बच्चा र चाेरी गर्ने महिला दुबैलाइ पाल्पातर्फ ल्याइएकाे प्रहरीले जनाएकाे छ । ४ दिनदेखि सुत्केरी वार्डमा रहेकी अपरिचित महिलाले शु्क्रबार जमुनाकी आमालाइ सहयाेग गर्ने बहाना बनाएर अस्पतालबाटै बच्चा लिएर फरार भएकी थिइन् ।

त्यसबेलामा सुत्केरी जमुना अचेतजस्तै थिइन् । लामाे समयदेखि अस्पतालभित्र ती महिलालाइ बस्न दिनु शंकास्पद रहेकाे आफन्तकाे भनाइ छ ।

प्रहरीले बच्चा हराउने बित्तिकै सिद्धार्थ राजमार्गका नाका र आसपासका जिल्लामा खाेजी गरेकाे थियाे । नवजात शिशु चाेरीमा संलग्न महिलाकाे परिचय भने खुलाइएकाे छैन । उनीमाथि थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकाेटासहितकाे टाेली समेत महिला र बच्चा भेटिएकाे स्थलमा पुगेकाे छ ।

महिलाले चाेरेर लगेकाे बच्चाकाे अवस्था सामान्य रहेकाे बताइएकाे छ ।

प्रकाशित मिति: शनिबार, असार २८, २०७६  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update