Erani Mahal
लुम्विनी मेडिकल कलेजबाट शिशु कसरी चाेरियाे हेर्नुहाेस् (भिडियाे)
66500172_3500054410020362_8606747868545417216_n

पाल्पा – तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेजबाट शुक्रबार दिउँशाे जन्मिएकाे नवजात शिशुलाइ अपरिचित महिलाले पिठ्युमा बाेकेर बाहिर अस्पताल परिसरबाट निस्किएकाे भिडियाेमा देखिएकाे छ । शिशु जन्मिएको ४ घण्टापछि हराएकाे शिशुलाइ एक जना अपरिचित महिलाले बाेकेर गेट बाहिर निस्किएकाे स्थानीय व्यापारीकाे प्रकाश श्रेष्ठले राख्नुभएकाे सिसि क्यामेराकाे फुटेजमा देखिएकाे छ । प्रहरीले भिडियाेमाथि थप अनुसन्धान गरिरहेकाे छ ।

ती महिला बिरामीकाे स्याहार गर्न भन्दै ४ दिनदेखि अस्पताभित्रै बसेकाे स्राेतले जनाएकाे छ । तर यति लामाे समयसम्म अस्पतालभित्र ती महिला बस्न दिएर अस्पतालले लापरबाही गरेकाे छ ।

हेर्नुहाेस् भिडियाे

https://eranimahal.com/wp-content/uploads/2019/07/video-1562948265-1.mp4

हेर्नुहाेस् भिडियाे अस्पतालबाट दिउँशाे ३ बजेतिर बच्चा बोकेर महिला बाहिर निस्किएको सिसी फुटेजमा देखिएको छ । सो फुटेजलाई अहिले प्रहरीले समेत अनुसन्धान गरिरहेको छ । सुत्केरी व्यथा लागेर अस्पताल पुग्नुभएका तानसेन–९, मदनपोखराकी जमुना रानाले शुक्रबार बिहान ११ बजे छाेरा जन्माउनुभएकाे थियाे ।

सुत्केरी जमुना अर्धचेत अवस्थामा रहेकाे र सुत्केरीकाे स्याहार गर्नुभएका आमा मेडिकल कलेजकै क्याण्टिनमा ज्वानाेकाे झाेल लिन बच्चालाइ काखमा लिएर जानुभएकाे थियाे । उनीसँगै गएकी एक जना अपरिचित महिलाले सहयाेग गर्ने बहानामा ज्वानाेकाे झाेल तपाइ लैजानुस्, बच्चा म ल्याउछु भनेकी थिइन् । तर आफू छाेरीसम्म पुग्दासमेत ती महिला नआएपछि मात्र खाेजी सुरू भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकाेटाले बताउनुभयाे ।

दिउँशाे भएकाे घटना प्रहरीलाइ ५ बजेमात्र थाहा भएकाे प्रहरीले जनाएकाे छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  २२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update