Erani Mahal
पाल्पास्थित लुम्विनी मेडिकल कलेज प्रभासबाट नवजात शिशु गायब
baby-1

पाल्पा – तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेजबाट शुक्रबार दिउँशाे जन्मिएकाे नवजात शिशु हराएकाे छ । शिशु जन्मिएको ४ घण्टापछि शिशु अस्पतालबाटै गायब भएकाे पीडित परिवारकाे भनाइ छ ।

अस्पतालबाट दिउँशाे ३ बजेतिर बच्चा बोकेर महिला बाहिर निस्किएको सिसी फुटेजमा देखिएको छ । सो फुटेजलाई अहिले प्रहरीले समेत अनुसन्धान गरिरहेको छ । सुत्केरी व्यथा लागेर अस्पताल पुग्नुभएका तानसेन–९, मदनपोखराकी जमुना रानाले शुक्रबार बिहान ११ बजे छाेरा जन्माउनुभएकाे थियाे ।

सुत्केरी जमुना अर्धचेत अवस्थामा रहेकाे र सुत्केरीकाे स्याहार गर्नुभएका अामा मेडिकल कलेजकै क्याण्टिनमा ज्वानाेकाे झाेल लिन बच्चालाइ काखमा लिएर जानुभएकाे थियाे । उनीसँगै गएकी एक जना अपरिचित महिलाले सहयाेग गर्ने बहानामा ज्वानाेकाे झाेल तपाइ लैजानुस्, बच्चा म ल्याउछु भनेकी थिइन् । तर आफू छाेरीसम्म पुग्दासमेत ती महिला नआएपछि मात्र खाेजी सुरू भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकाेटाले बताउनुभयाे ।

दिउँशाे भएकाे घटना प्रहरीलाइ ५ बजेमात्र थाहा भएकाे प्रहरीले जनाएकाे छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  २१:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update