Erani Mahal
पाल्पाकाे सिद्धेश्वरमा १ सय बढी परिवार झाडापखालाबाट प्रभावित
food

पाल्पा – जिल्लाको रैनादेवी छहरा–१, स्थित सिद्धेश्वरमा झाडापखालाबाट एक सय बढी घर परिवार प्रभावित भएका छन् । सिद्धेश्वरको मन्द्रान, अर्चले, भुटुक्दीलगायत गाउँका स्थानीय बासिन्दा वर्षात्मा दुषित पानीको कारणले फैलिएको झाडापखालाबाट प्रभावित भएका छन् ।


बुधबारदेखि गाउँका केही मानिसमा देखिएको झाडावान्ता अहिले गाउँभरिका परिवारमा फैलिएको छ । तर स्वास्थ्य कार्यालय पाल्पाका महामारी नियन्त्रण फोकल पर्सन इश्वरी न्यौपानेले भने झाडापखाला नियन्त्रणभित्र रहेको बताउनुभयो ।

तस्विर स्राेत : गुगल ।


बुधबारदेखि देखिएको झाडापखाला नियन्त्रणमा नआएपछि शुक्रबार दिउँशो डा. गगन अधिकारीको नेतृत्वमा ६ जनाको स्वास्थ्यकर्मी झाडापखाला लागेको स्थलमा पुगेका छन् । उनीहरू आवश्यक औषधिसहित उपचारका लागि गाउँमै पुगेको बताइएको छ ।


गाउँमा झाडापखालाबाट गम्भीर देखिएका २ जना बिरामी तानसेनस्थित मिसन अस्पतालमा रिफर गरिएको छ । सिद्धेश्वर स्वास्थ्य चौकीले झाडापखाला लागेपछि बुधबार नै नियन्त्रणका लागि आवश्यक शिविर सञ्चालन गरेको स्थानीय बासिन्दा तुलाराम गरम्जाले बताउनुभयो ।

उहाँका अनुसार गाउँका सय भन्दा बढी परिवार झाडापखालाबाट प्रभावित बनेका छन् । खुल्ला मुहानका कारण पानीको मुहानमा धमिलो पानी मिसिएका कारण झाडापखाला लागेको हुन सक्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update