Erani Mahal
स्वास्थ्य संस्थाको सामाजिक परीक्षणपछि नतिजा सार्वजनिक
66371794_1348408021977434_3938764939220484096_n

पाल्पा – तानसेन नगरपालिकाभित्रका स्वास्थ्य संस्थाको सामाजिक परीक्षणपछि नतिजा सार्वजनिक कार्यक्रम तानसेनमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमूख अतिथि तानसेन नगरपालिकाका प्रमूख अशोककुमार शाहीले स्वास्थ्य क्षेत्रको अधिकार बाँडफाँडमा देखिएको समस्या समाधान गरेपछि मात्र स्वास्थ्य संस्था बलियो हुने बताउनुभयो ।

उहाँले देशभरिका स्वास्थ्य संस्थाहरुले गुणस्तरीय सेवा प्रदान गर्न स्थानीय, प्रदेश र केन्द्र सरकारले आआफ्नो अधिकार क्षेत्र छिटो समाधान गर्नुपर्ने धारणा राख्नुभयो । नगरप्रमूख शाहीले अहिले नेपालमा सफल भएको स्वास्थ्य विमा कार्यक्रम असफल बनाउन रिफर गर्नुपर्ने बाध्यता बनाएर जनतालाई दुःख दिने काम भएको बताउनुभयो ।

सरकारले बिरामी रिफर गराउने हो भने सरकारी अस्पतालमा रेफरल डेस्क राख्नुपर्छ भनेका छौँ तर रेफरल डेस्क राख्न सकिदैन भनेको छ यो सरासर स्वास्थ्य विमा कार्यक्रम असफल बनाउने काम हो नगरप्रमूख शाहीले भन्नुभयो ।


तानसेन नगरपालिकाले घरघरमा स्वास्थ्यकर्मी कार्यक्रममार्फत गाउँका जनतालाई जनचेतना अभिबृद्धि र दीर्घकालिन स्वास्थ्य समस्याबाट सचेत गराउने काम गरेको बताउनुभयो । विपन्न तथा दलित समुदायलाई स्वास्थ्य विमाको सेवा, अपांग नागरिकलाई यातायात खर्च प्रदान गर्ने कार्यक्रम नगर सरकारले प्रभावकारी रुपमा संचालन गरेको उहाँले बताउनुभयो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्यालले स्वास्थ्य संस्था स्तरउन्नति हुने तर विरामीको संख्या घट्ने अवस्थालाई ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य विमा कार्यक्रमले अहिले जनतालाई दुःख दिने काम भईरहेकाले सम्बन्धित निकायले रिफर गरिरहनुपर्ने प्रक्रियालाई सच्याउनुपर्ने बताउनुभयो ।


कार्यक्रममा तानसेन नगरपालिकाका प्रवक्ता दामोदरप्रसाद घिमिरे, तानसेन १२ का वडा अध्यक्ष, देवेन्द्रबहादुर राना, विभिन्न स्वास्थ्य संस्थाका प्रमूख एवं स्वास्थयकर्मी, स्वास्थ्य व्यवस्थापन समितिका पादधकिारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।


कार्यक्रममा संचार मञ्च पाल्पाका महासचिव रेखीराम रानाले तेल्घा, बन्दीपोखरा, बौघापोखराथोक र बौघागुम्हा स्वास्थ्य चौकीबाट प्राप्त सामाजिक परीक्षणको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम मञ्चका अध्यक्ष माधव अर्यालको अध्यक्षता, तानसेन नगरपालिकाका स्वास्थ्य संयोजक सिर बहादुर रानाको स्वागत र कृष्ण कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update