Erani Mahal
रानीमहल स्याङ्जा जोड्ने पुल नजिकै निरन्तर पहिरो, स्थानीय बासिन्दा त्रसित
fb_img_1562833706603-1

पाल्पा - पाल्पाको रानीमहल क्षेत्र र स्याङ्जाको सटुवा जोड्ने पुल निर्माण स्थलमा निरन्तर पहिरो खसेको छ । मोटरेबल पुल निर्माण स्थलको स्याङ्जातर्फ पहिरो निरन्तर खस्दा यस क्षेत्रमा त्रास बढेको छ । पुल निर्माण स्थल वरपर जमिन भाँसिएको छ । करि २ सय मीटर वरपरको जमिन भासिएपछि यस क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका हुन् । सो क्षेत्रमा ठूलाठूला खाल्डो समेत देखिएको थियो ।


पाल्पा, बुटवल लगायतका क्षेत्रमा आवतजावत गर्ने दैनिक सयौँ मानिस यही क्षेत्र भएर हिड्ने भएकाले मानिस नै पहिरोको जोखिममा पर्न सक्ने स्थानीय बासिन्दाको भनाई छ । स्थानीय बासिन्दाले त्यस क्षेत्रमा सम्बन्धित निकायको जानुपर्ने माग गरेका छन् । पहिराेले पुल समेत जाेखिममा परेकाे छ ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update