Erani Mahal
शिद्धबावा नजिकै खसेको पहिरो हटाएपछि अबरुद्ध राजमार्ग खुल्यो, जोखिम भने उत्तिकै
maxresdefault-1

पाल्पा - अबरुद्ध सिद्धार्थ राजमार्ग पहिरो हटाएपछि खुलेको छ । दोभानको हेडबक्स नजिकै खसेको पहिरोले अबरुद्ध राजमार्ग डोजेर लगाएर पहिरो हटाएपछि खुलेको हो । दिउँशोदेखि परेको पानी रोकिएपछि पहिरो हटाएको दोभान प्रहरी चौकीले जनाएको छ ।

सिदार्थ राजमार्ज अन्तरगत पाल्पा बुटवल खण्डको सिद्धबाबा नजिकै पहिरो खसेर ३ घण्टा सडक अवरुद्ध भएको सडक सुचारु भएको छ ।

विगत ३ दिनदेखि परेको अभिरल वर्षाका कारण पहिरो खस्दा सुचारु भएपनि कतिबेला पहिरो खस्ने हो त्यो भने भन्न सकिदैन । पानीले जमिन गलेका कारण रातिमा सकेसम्म यात्रा नगर्न प्रहरी चौकी दोभानका प्रमुख बाल बहादुर घर्तीमगरले आग्रह गर्नुभएको छ ।

फाइल तस्बिर ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  २१:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update