Erani Mahal
शिद्धबावा नजिकै पहिरो खस्दा राजमार्ग अबरुद्ध
Butawal

पानी निरन्तर परिरहेकाले पहिरो हटाउन कठिन

पाल्पा - सिद्धार्थ राजमार्गको दोभान नजिकै पहिरो खस्दा सिद्धार्थ राजमार्ग बिहीबार बेलुकादेखि अबरुद्ध बनेको छ । दोभानको हेडबक्स नजिकै पहिरो खसेपछि सडक अबरुद्ध भएको दोभान प्रहरीले जनाएको छ ।

सडकमा ठुला ढुङ्गा सहितको पहिरो खसेको छ । पहिरोले पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको बस दुर्घटना हुनबाट जोगिएको र अहिले पाल्पा तर्फबाट आएका सवारी साधन दोभानमै र बुटवलबाट गएका सवारी साधन तल्लो सिद्धबाबा नजिकै राखिएको छन् ।

पानी परिरहेकाले पहिरो तत्काल हटाउन सक्ने अवस्था नरहेको दोभान प्रहरी चौकीले जनाएको छ । पाल्पा र यस आसपासका जिल्लाका तीन दिनदेखि पानी परिहरेको छ । पानी नरोकिएसम्म पहिरो हटाउन कठिन हुने प्रहरीको भनाई छ ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update