Erani Mahal
बगनासकालीकाे चिर्तुङ्धारा बन्याे 'पूर्ण सरसफाईयुक्त वडा'
IMG_8538

पाल्पा - पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका वडा नम्बर १ चिर्तुङ्धारालाई पूर्ण सरसफाईयुक्त घोषणा गरिएको छ । यहाँ आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री सोम प्रसाद पाण्डेलेले उक्त वडालाई पूर्ण सरसफाई युक्त घोषणा गर्नुभएकाे हाे ।

सामाजिक स्रोत विकास केन्द्र नेपाल पाल्पा र गाउँपालिकाको सहयोगमा पूर्ण सरसफाईयुक्त वडा घोषणा गरिएको हो । बगनासकाली १ चिर्तुङ्गधारा पूर्ण सरसफाईयुक्त घोषणा हुने गाउँपालिकाको तेस्रो वडा हो ।

यसअघि वडा नम्बर ३ र २ लाई पूर्ण सरसफाईयुक्त घोषणा गरिसकिएको छ । नियमित रुपमाचर्पीको प्रयोग, महत्वपूर्ण अवस्थाहरुमा साबुन पानीले हातधुने, पिउने पानीको सुरक्षितव्यवस्थापन र शुद्धिकरण, व्यक्तिगत सरसफाई तथा स्वच्छतामा सुधार तथा घरभित्र र बाहिरका फोहोरमैलाको उचित व्यवस्थापन लगायतका मापदण्ड पूरा भएपछि वडालाई पूर्ण सरसफाईयुक्त घोषणा गरिएको हो ।


कार्यक्रममाबोल्दै प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री सोम प्रसाद पाण्डेले पूर्ण सरसफाई विकासकै एउटा सूचक भएकाले सरसफाईका गतिविधिलाई निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिदै सरकार स्वास्थ्यको क्षेत्रमा सुधार ल्याउन यस्ताअभियानलाई सफल बनाउन लागि परेको बताउनुभयाे । पाण्डेले स्वास्थ्य र सरसफाई मानवजीवनका लागि अति आवश्यक रहेकाले घोषणालाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयाे ।


बगनासकाली गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले बगानासकालीलाई पूर्ण सरसफाईयुक्त बनाउने अभियानमा यसले उर्जा थपेको बताउनुभयाे । गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसादश्रेष्ठले अन्य अभियान जस्तै पूर्ण सरसफाईयुक्त गाउंपालिका बनाउने अभियानमा समेत सम्पूर्ण वडावासीको सहयोग आवश्यक पर्ने बताउदै २ वर्षे भित्रमा पूर्ण सरसफाईयुक्त गाउँपालिका घोषणा गर्ने प्रयास रहेको बताउनुभयाे ।

वडा अध्यक्ष सोम बहादुर झेडीले सरसफाईकागतिविधि सञ्चालन गरी घोषणा गर्ने सहयोग गरेको भन्दै समाजिक स्रोत बिकास केन्द्र नेपालपाल्पा र वडा बासीलाई बधाई र धन्यबाद दिनुभयाे ।

घोषणा सभामा जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालले गाउँपालिका प्रवक्ता लक्ष्मी अधिकारी, वडा नं ३ का वडा अध्यक्ष टिका बहादुर थापा, मनोज आचार्य, राजनैतिक दलका प्रतिनिधी, पत्रकार लगायत सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update