Erani Mahal
४० करोडको बजेट स्वीकृत गर्दै, तिनाउँ गाउँपालिकाको पाचौं सभा सम्पन्न
66602953_429041864370849_5783070986144317440_n

पाल्पा– तिनाउँ गाउँपालिका पाल्पाको पाँचौ सभा सकिएको छ । गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष दमयन्ती थापाले प्रस्तुत गर्नुभएको ४० करोड बरावरको बजेट र नीति तथा कार्यक्रम सुझाव सहित पारित भएको छ ।


पालिकाले आगामि वर्षको लागि प्रत्येक वडालाई एक एक करोड बजेट विनियोजन गरेको छ, यस्तै मोटरबाटो निर्माण तथा स्तरउन्नतीलाई ९० लाख, शिक्षा विकासमा १ करोड, कृषि विकासमा ६० लाख, स्वास्थ्यलाई ६० लाख, पशु विकासलाई ४० लाख, लक्षित वर्गका लागि ३० लाख, फुसको छानो विस्थापनमा ३० लाख, गाउँपालिकाको भवन निर्माणमा एक करोड, तिलोत्तमा माविलाई प्राविधिक शिक्षा संचालनार्थ ५० लाख बजेट विनियोजन भएको गाउँपालिकाका प्रमुख घर्तीले रानीमहललाई जानकारी दिनुभयो ।


बजेटले कागती खेती, पशुपालन, दालचिदी खेती, दुग्ध उत्पादनलाई बढी प्राथमिकता दिएर काम गर्ने नीति रहेको उहाँले बताउनुभयो । आगामी वर्षदेखि उहाँले किसानलाई २ रुपैंया उत्पादनमा दुधमा अनुदान दिइएको समेत बताउनुभयो । स्वास्थ्य तर्फ एक एक वटा ल्याव र बर्थिङ्ग सेन्टर स्थापनाको लागि बजेट विनियोजन भएको छ ।

शिक्षातर्फ ४ वटा विद्यालयमा छात्रावास, प्रतिस्प्रर्धात्मक कार्यक्रम, नैतिक शिक्षा समेत दिनको लागि सहयोग गर्न बजेट विनियोजन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले बताउनुभयो ।

उहाँले गाउँपालिकाले एक घर एक धारा, एक घर एक सहकारी सदस्य, एक घर एक करेसावारी जस्ता कार्यक्रम संचालन गरेर उत्पादनमुखी बनाउने योजना रहेको बताउनुयो ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update