Erani Mahal
स्कुटर चोरीको आरोपमा पाल्पा रामपुरका पुरुष पक्राउ
pakrau1

पाल्पा – स्कुटर चोरी गरी लुकाई राखेको आरोपमा रामपुरका एक जना पुरुष पक्राउ परेका छन । रामपुर–४, का विराज नेपाली स्कुटर चोरीको आरोपमा प्रहरीले नेपालीलाई पक्राउ गरेको हो ।

रामपुरका राजेश श्रेष्ठको घरबाट हराएको स्कुटर खोजतलास गर्ने क्रममा नेपालीले लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले फेला पारेपछि नीज नेपालीलाई पक्राउ गरिएको हो । नेपाली अहिले प्रहरी हिरासतमा छन् । प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार २५, २०७६  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update