Erani Mahal
पाल्पा दुर्घटना अपडेट : १ जनाको मृत्यु, १४ जनाको उपचार हुँदै (विस्तृत विवरण सहित)
4-9-702x336

पाल्पा - पाल्पाको रिब्दीकोट गाउँपालिका–३, हार्थोक नजिकै जीप दुर्घटना भएको छ । बुटवलबाट पाल्पाको सर्देवा जाँदै गरेको लु.अ.अ.ब.४१९४ नम्बरको बलेरो जीप सडकबाट अनियन्त्रित भई हार्थोकदेखि पश्चिम जाने सडकमा दुर्घटना भएको हो । दुर्घटनामा परी रैनादेवी छहरा गाउँपालिका–५, ७० वर्षकी हिमादेवी बुढाथोकीको मृत्यु भएको जिल्ला पहरी कार्यालय पाल्पाका पहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो ।

बुढाथोकीको उपचारको क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनामा परी १४ जना घाइते भएका छन् । उनीहरुको उपचार मिसन अस्पतालमा भईरहेको छ ।

अन्य घाइतेहरुको विवरण यस्तो छ ।
- जिल्ला पर्सा पर्सागढी नगरपालिका वडा नं२ बस्ने बर्ष २६ को नारायण बहादुर बस्नेत ९ अवस्था मध्यम

- जिल्ला पाल्पा रैनादेवी छहरा गाउँपालिका वडा नं ४ बस्ने बर्ष २८ कि जुना थापा मगर ९ अवस्था मध्यम
- ऐ, वडा नं बस्ने बर्ष २२ को खड्क बहादुर रेश्मी चालक अवस्था मध्यम
- ऐ, ऐ बस्ने बर्ष ६४ को टिका बहादुर थापा अवस्था मध्यम
- ऐ, ऐ बस्ने बर्ष ५४ कि मनकुमारी थापा अवस्था मध्यम
- ऐ,ऐ बस्ने बर्ष ४ कि बर्षा कुमारी पुन अवस्था मध्यम
- ऐ, ऐ बस्ने बर्ष २९ कि कमला सिहं मगर अवस्था मध्यम
- ऐ, ऐ बस्ने बर्ष २६ कि मिना पुन अवस्था सामान्य
- ऐ, ऐ बस्ने बर्ष ४ कि रक्षा पुन अवस्था सामान्य
- ऐ, ऐ बस्ने बर्ष ३५ को थमन सिहं मगर अवस्था सामान्य
- ऐ, ऐ बस्ने बर्ष २४ को नेत्र बहादुर दर्लामी अवस्था सामान्य
- ऐ, वडा नं ६ बस्ने बर्ष २८ को योग नारायण पुन अवस्था सामान्य
- ऐ, ऐ बस्ने बर्ष २ को रन्जित पुन अवस्था सामान्य
- ऐ, ऐ बस्ने बर्ष १९ को राजन दर्लामी अवस्था सामान्य

प्रकाशित मिति: मंगलबार, असार २४, २०७६  २०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update