Erani Mahal
पाल्पा हार्थोकमा जीप दुर्घटना,१५ जना घाइते  ! (नामावली सहित)
Capture

पाल्पा– वुटवलबाट जिल्ला सदरमुकाम तानसेन हुँदै सिद्देश्वर जाँदै गरेको यात्रुबहाक जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।


दिउसो ४ः ४५ बजेको समयमा भएको दुर्घटनामा परेर घाइतेहरुको उपचारको लागि युनाइटेड मिसन अस्पताल तानसेनमा ल्याइएको छ । भरखरै भन्सारबाट निकालिएको जीप अनियन्त्रित भई बाटोबाट ३० मिटर तल खस्दा जीपमा सवार यात्रुहरु घाइते भएका हुन् ।

पाल्पा रिब्दीकोट गाउँपालिका-३ हर्थोक स्थित हार्थोक - सर्देवा भित्रि पक्कि सडक खण्डमा बुटवलबाट सर्देवा तर्फ जादै गरेको लु अ.अ. ब ४१९४ (नयाँ भन्सार नम्बर )को बलेरो जिप आफै अनियन्त्रित भई बाटो देखी अं ३० मिटर तल खसेकाे थियाे ।


जीपका चालक सहित सबै यात्रुहरु घाइते भएको प्रहरी चौकी हार्थोकका प्रहरी नायव निरिक्षक नोखबहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार घाइतेहरुको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ ।


हेर्नुहोस् घाइतेहरुको नामावली विवरण ः

प्रकाशित मिति: मंगलबार, असार २४, २०७६  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update