Erani Mahal
भ्रष्टाचारीहरूकाे सम्पत्ति छानबिन गर्न ‘नागरिक आयोग’ बनाउन माग
66105612_1269061843269272_551347515882995712_n

पाल्पा – राष्ट्रिय जनमुक्ति पार्टीले गत जेठ १५ गतेदेखि देशव्यापी रूपमा उदघाेष गरेकोे “भ्रष्टाचार विरूद्ध राष्ट्रिय अभियान” पाल्पाकाे तानसेनमा सम्पन्न भएको छ । असार महिनाभरी जिल्लाका सदरमुकामहरूमा भ्रष्टाचार विरूद्ध जनताकाे हस्ताक्षर संकलन गर्ने क्रममा राष्ट्रिय जनमुक्ति पार्टी, पाल्पाले उक्त कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।

पाल्पा जिल्ला कार्य समिती अध्क्ष्य नारायण कँवरको अध्यक्षतामा शुरु भएको हस्ताक्षर संकलन कार्यक्रम तथा काेण सभामा राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव एवं जनमुक्ति एकाडेमीका केन्द्रीय संयाेजक र साे पार्टीका परराष्ट्र विभाग उपप्रमुख टाेप अस्लामीज्युको प्रमुख बक्ताको रुपमा आथित्यता रहेको थियो ।

“भ्रष्टाचार विरूद्ध राष्ट्रिय अभियान” कार्यक्रमलाई संबोधन गर्दै उपमहासचिव तथा परराष्ट्र बिभाग उपप्रमुख टोप अस्लामीले तानसेन, लखन पार्क मंच देखि पंचायती शासनकाल देखि हाल सम्मको भ्रष्टाचारी र उच्च पदस्थहरुको सम्पत्ति छानबिन गर्न “शक्तिशाली नागरिक आयोग” गठन गर्नुपर्नेमा जाेड दिनुभयाे ।

सोही कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका उपाध्यक्ष एवं भ्रष्टाचार विरूद्ध अभियानका लागि प्रदेश ५ संयाेजक हाेमाया गुरूङ्गले भ्रष्टाचारीलाई देशद्राेही घाेषणा गरि कम्तीमा जन्मकैद हुने, भ्रष्टाचारीकाे सम्पत्ति राष्ट्रियकरण हुने संवैधानिक व्यवस्था हुनुपर्ने अभियानकाे माग रहेकाे बताउनुभयाे । यस्तै गरी संघीय परिषद सदस्य एवं भ्रष्टाचार विरूद्ध राष्ट्रिय अभियानका पाल्पा संयाेजक गीता सारुले भ्रष्टाचार विरूद्ध फैसला गर्ने छुट्टै विशेष अदालतकाे व्यवस्था संवैधानिक व्यवस्था हुनु पर्ने बताउनुभयाे ।

प्रदेश ५ का अध्यक्ष झम बहादुर गुरूङले भ्रष्टाचार र भ्रष्टाचारीहरूकाे छानविनका लागि स्वायत्त किसिमको नागरिक छानविन आयाेगकाे संवैधानिक व्यवस्था हुनु पर्नेमा जाेड दिनुभयाे । पाल्पा तराई संपर्क मंचका अध्यक्ष धनी सरा दर्लामीले समेतले मन्तव्य राख्नु भएकाे साे कार्यक्रम जिल्ला सचिव दिल बहादुर थापा सञ्चालन र अध्यक्ष नारायण बहादुर कँवरकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०७६  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update