Erani Mahal
विदेशबाट फर्किएर गाउँमै गार्मेण्ट उद्याेग स्थापना
IMG_3605

पाल्पा - पूर्वखोला गाउँपालिका–४, देवीनगरस्थित काफलडाँडामा गार्मेन्ट उद्योग सञ्चालनमा आएको छ । स्थानीय बासिन्दा मणि सिकेले दश लाख लगानीमा गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउनुभएको छ ।

भारतमा सिकेको सीपबाट अहिले घरमा नै गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएपछि स्थानीय बासिन्दाहरूले गाउँमा रोजगारीको अवसर जुटेको छ । कपडा सिलाउने माग बढेपछि पाँच सात जनालाई गाउँमा काम गर्ने अवसर मिलेको छ ।


गार्मेन्ट उद्योगमा टिसर्ट, टयागसुट, आउटर, जागे लगायतका कपडा उत्पादन हुने सिकेको भनाई छ । मणिले सिक्नुभएको सीपबाट स्थानीय स्तरमा खपत हुने कपडाहरू गर्मेन्टमा उत्पादन हुँदै आएको छ । गार्मेन्टमा उत्पादित तयारी पोशाक स्थानीय बजार बहादुरपुर, पुर्वखोला, झडेवा, हुमिन लगायतका स्थानमा कपडाको खपत हुन्छ । उत्पादित कपडाका लागि बजारको समस्या नरहेको सिकेले बताउनुभयो ।

परिवारका लागि लालनपालन र शिक्षादिक्षाका लागि १५ वर्षसम्म भारत बिताउनुभयो । त्यही समयमा गार्मेन्ट उद्योगमा टिसर्ट, टयागसुट, आउटर, जागे लगायतका कपडा उत्पादन गर्ने काम गर्न प¥यो ।

भारतमा सिकेको काम स्वदेशमा आफुलाई जिवीकोपार्जनका लागि सजिलो भएको सिकेको उहाँको भनाई छ । परम्परागत सीप चाहि होइन, सुनचादीका कारोबार गर्ने परम्परागत सीप परिवारको रहेपनि सिकेले सिलाईप्रति आकर्षित हुनुभयो । अहिले सिलाई पेशाबाट नै सिकेको परिवारका लागि चाहिने खर्च जुटाउन व्यस्त हुनुभयो ।

चार सन्तान, श्रमितिका लागि खर्चपर्चो सबै गार्मेन्ट सञ्चालनमा ल्याएपछि जुटाउन सहज भएको छ । श्रीमान श्रीमतिमा गार्मेन्टमा सगँसगै काम गर्नुहुन्छ । भारतमा सिकेको सीपले स्वदेशमा नै मान सम्मान र पैसा पाएपछि सिके यतिबेला सन्तृष्टि छ । परिबारका साथमा काम गर्न पाउँदा खुसी मात्र होइन, काम गर्न थप उत्साह समेत मिलेको छ उहाँले भन्नुभयो ।

युवाले पहलमा सञ्चालित गार्मेन्टबाट धेरै युवाहरुलाई रोजगार दिन सकिने भएपनि स्थानीय सरकारले आफूलाई आर्थिक सहयोग नगरेकोमा सिकेको गुनासो छ । ग्रामीण बस्तीमा सञ्चालनमा आएको गार्मेन्टलाई सबैले चासो र संरक्षणका लागि आवाज उठाउनुपर्ने स्थानीय बासिन्दाको भनाई छ ।

प्रकाशित मिति: सोमबार, असार २३, २०७६  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update