Erani Mahal
पूर्वखाेला गाउँपालिकामा प्रधानमन्त्री राेजगार कार्यक्रम
66011310_2310977468999073_8084415936238452736_n

पाल्पा - पूर्वखोलामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत तीब्र स्तरमा काम हुँदै पूर्वखोला गाउँपालिका भित्रको कार्यक्रम वडा स्तरीय रुपमा बिभाजन गरिएको गाउँपालिकाले जनाएको छ । असार १५ गते पूर्वखोला -१ सिलुवाबाट गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराइदेखि समुद्घाटन गरिएको कार्यक्रम गाउँपालिकाभित्र जम्मा १२ लाख बराबरको काम हुनेछ ।

वडा न १ वडा अध्यक्ष भोग बहादुर थापाले स्वरोजगार कार्यक्रम अन्तरगत वडा कार्यालय माथिको चौतारो निर्माण ४ हजार २ सय ७ लाकुरी तथा १२ सय मिटरको माटोको नाली खनिएको जानकारी गराउनुभयो । जम्मा ५० जनाले काम गरेको कार्यक्रम चुरे मण्डली बहराजुको सरसफाइ गरी समापन गरी सकिएको जानकारी गराउनुभयो ।

वडा न २ जल्पाले तल्लो झेरुदी -लाभे , भङ्याङ - छाप्दी , भग्याङ- साकिने , भङ्याङ - सम्भु माबि सम्मको बाटोको नलि र बृक्षारोपण काे काम भै रहेको र जम्मा २५ जाना ले काम गरेको वडा न २ जल्पा अध्यक्ष नीर बहादुर सारुले जानकारी गराउनु भयो ।

रिङ्नेरहले ३० जाना कामदारले खलुक भङ्याङ पालिकासम्मको बाटोको नाली खन्ने काम भै रहेको वडा अध्यक्ष निलकण्ठ भट्टराइले बताउनु भयो वडा न ४ देबीनगरले देबीनगरदेखि पालिकासम्म र देबीनगर -सिमल्दी हुँदै ढाक्रबास सम्मको नाली खन्ने काम भै रहेको वडा अध्यक्ष रिम प्रसाद श्रेष्ठले बताउनुभयो ।

जम्मा २० जानाले कामगरेका थिए । ५ बिरकोटले खलुक भञ्याङ - गेझा जोड्ने र लाभोभट्टी पोखरी छाप - शिखर डाँडा - कर्नेडाँडासम्मको बाटोको नलि खन्ने काम भयको वडा अध्यक्ष धन बहादुर सिंजालिले बताउनुभयो । वडा न ६ ले पनि नाली खन्ने काम नै गरेको वडा सद्स्य नरिन्दर काम्मु मगरले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, असार २३, २०७६  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update