Erani Mahal
स्वास्थ्य प्रबर्द्धनका लागि पाल्पाका पत्रकारसँग अन्तरक्रिया
DSC_0365

पाल्पा - जिल्लाकाे बगनासकाली गाउँपालिका अन्तरगत स्वास्थ्य शाखाले स्वास्थ्य प्रबर्द्धनका लागि पाल्पाका पत्रकार तथा संचारकर्मीहरूसँग अन्तरक्रिया गरेकाे छ । अन्तरक्रिया कार्यक्रममा बगनासकाली गाउँपालिका स्वास्थ्य शाखाका संयाेजक मणिराम अधिकारीले बगनासकालीमा संचालित कार्यक्रमहरूकाे बारेका जानकारी दिनुभएकाे थियाे ।

उहाँले गाउँपालिकाभित्र अहिले सुत्केरी महिला र बच्चालाइ सुत्केरी भएकाे ३ र ७ दिनमा स्वास्थ्यकर्मी घरमै पुगेर उपचार तथा परामर्श दिने काम गरेकाे बताउनुभयाे । यस्तै कुपाेषणमा रहेका बालबालिकाकाे उपचार र उद्धार, बगनासकाली २, पाेखराथाेकलाइ शुन्य हाेम डेलिभरी वडा घाेषणा गरेकाे, बर्थिङ् सेन्टर स्थापना गर्न भवन निर्माणकाे काम भएकाे जानकारी दिनुभयाे ।

तस्विर : अनिल लिगल ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले स्वास्थ्य क्षेत्रमा सरकारले गरेकाे लगानी २० वर्षपछि मात्र देखिने बताउनुभयाे । उहाँले बगनासकालीभित्रका जनताकाे स्वा्रथय सुधार गर्न गाउँपालिका लागेकाे बताउनुभयाे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्यालले कर्मचारीले जनतालाइ केन्द्रमा राखेर सेवा दिनुपर्ने बताउनुभयाे । यस्तै गाउँपालिकाले नै अस्पताल संचालनका लागि पहल गर्नुपर्ने धारणा राख्नुभयाे । कार्यक्रममा पाल्पामा क्रियाशिल पत्रकारहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रम बगनासकाली गाउँपालिकाका अध्यक्ष बस्यालकाे अध्यक्षता, उपाध्यक्ष सरस्वतीदेवी चिदीकाे स्वागत, स्वास्थ्य सहसंयाेजक थानेश्वर बस्यालकाे संचालनमा सम्पन्न भएकाे थियाे ।

प्रकाशित मिति: आइतबार, असार २२, २०७६  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update