Erani Mahal
लोपोन्मुख नाच संरक्षण गर्न निस्दीको अर्चलेमा मगरी पोशाक वितरण
65922346_696118790801148_2598511817453993984_n

पाल्पा - निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले, पाल्पामा एक कार्यक्रमका बिच लोपोन्मुख कौरा नाच संरक्षण गर्न कौरा नाच समूहलाई मगरी पोशक बितरण गरिएको छ । आदिवासी जनजाति उत्थान समन्वय समितीका अध्यक्ष कृष्ण बहादुर सोमैको अध्यक्षतामा चलेको कार्यक्रमको मुख्यपाहुना निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पाका वडाध्यक्ष मेख बहादुर सुनारी रहनुभएको हो।

कार्यक्रममा बोल्दै मुख्यपाहुना सुनारीले पुराना लोक संस्कृती लोप हुन लागेकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई जोगाउन अहिलेका युवाहरु लाग्नुपर्नेमा जोड दिनु भएको थियो।कार्यक्रममा बोल्दै नेपाल मगर संघ निस्दी,पाल्पाका अध्यक्ष राम बहादुर पाटा मगरले निस्दीमा ८७ प्रतिशत मगर समुदायको बसोबास रहेको भन्दै आफ्नो भाषा र पहिचान बिर्सन नहुने बताउनुभयो ।

कार्यक्रममा आदिवासी जनजाति समन्वय समिति निस्दीका अध्यक्ष नर बहादुर सुनारी,लाल बहादुर बयम्बु लगायतकाले आ-आफ्ना धारणा राख्नुभएको थियो।निस्दी गाउँपालिकाको कुल १ लाख रुपैयाँको अनुदानमा सात्दोबाट र रनगुवा टोलका ४२ जना कौरा नाचका कलाकारहरुलाई मगरी पोशक वितरण गरिएको हो।

समितिका सदस्य लिलाराम राईको स्वागत बाट शुरुभएको कार्यक्रमको सचिब होम राई मगरले संचालन गर्नुभएको हो।

प्रकाशित मिति: आइतबार, असार २२, २०७६  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update