Erani Mahal
तानसेनकाे बाँसटारी घुम्तीमा बस र ट्रक   ठाेक्किदा ६ जना घाइते
66219139_850856905299748_1763070120659255296_n-copy

पाल्पा – तानसेनदेखि बुटवल जाँदै गरेको बस र बुटवलबाट तानसेनतर्फ आइरहेको ट्रक तानसेन बाँसटारी घुम्तीमा आपसमा ठोक्किदा ६ जना घाइते भएका छन् । तानसेनबाट बुटवल गईरहेको लु १ ख ७१५७ नम्बरको बस र बुटवलबाट तानसेनतर्फ आइरहेको ५८८३ नम्बरको ट्रक आइतबार दिउँशो बाँसटारी घुम्ती मोडमा ठोक्किएको हो ।


बस र ट्रकको अत्याधिक गतिका कारण दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटना हुँदा बस र ट्रकमा क्षति पुगेको छ भने बस नालीमा खसेको छ । दुर्घटनामा परी बसमा सवार तीन जना बालबालिका सहित ६ जना यात्रु घाइते भएका छन् । उनीहरूको उपचार लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ ।

प्रकाशित मिति: आइतबार, असार २२, २०७६  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update