Erani Mahal
तिनाउँमा सप्ताहव्यापी वृक्षारोपण कार्यक्रमको सुरुवात
65752474_2258872484233286_5870484050338119680_n

पाल्पा– तिनाउँ गाउँपालिकामा सप्ताह व्यापी रुपमा वृक्षारोपण कार्यक्रमको सुरुवात गरिएको छ । तिनाउँका विभिन्न स्थानमा सप्ताहव्यापी रुपमा वृक्षारोपण गरेर अभियान नै चलाइने गाउँपालिकाका प्रमुख ओमबहादुर घर्ती मगरले बताउनुभयो ।


सिद्धबाबा धार्मिक वन समितिको आयोजना तथा सामुदायिक वन समन्वय समिति, भूतखोला सामुदायिक वन उपभोक्ता समिति, गणेश सामुदायिक वन उपभोक्ता समिति र सव डिभिजन वन कार्यालय दोभानको संयोजन र सहयोगमा वृक्षारोपण सुरु गरिएको हो ।


तिनाउँ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले ऐतिहासिक मानव पूर्खा रामापिथेकसको बंगारा भेटिएको क्षेत्रमा वृक्षारोपण गरेर अभियानको सुरुवात गर्नुभयो ।


वृक्षारोपण कार्यक्रममा तिनाउँ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठ, सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर गुरुङ्ग, वन समन्वय समितिका अध्यक्ष अमर प्रधान, सव डिभिजन वन कार्यालय दोभानका प्रमुख चन्द्रबहादुर भाट, भूतखोला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिलकुमारी रोका लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६  २०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update