Erani Mahal
तानसेनको गुफाचउरमा १५ प्रजातिका लालीगुँरास रोपियो
IMG_7443-1

पाल्पा - तानसेन नगरलाई हरियाली बनाउने कार्यक्रम अनुरुप तानसेन नगरपालिकाले वडा नं १० गुफा चौरमा बृहत वृक्षारोपण गरेको छ ।
नगरलाई थप हरियाली र सौन्र्दयकरण कायम गरि जैविक विविधता बढाउन पर्यटकीय स्थल गुफाचौरमा १५ प्रजातिको राष्ट्रिय फुल लालीगुराँस रोपिएको हो ।

जिल्ला स्थित नेपाली सेनाको गोरखदल गणका मेजर मनोज डंगोलको कमाण्डमा खटिएको ४० बढी नेपाली सेनाको टोली सहित स्थानियको सहभागीतामा गुराँस वृक्षारोपण गरिएको छ । धार्मीक एवं पर्यावराणीय हिसाबले अति नै मनोरम स्थालको रुपमा विकासित हुर्दै गएको गुफाचौरमा थप पर्यटकको आकर्षण बढाउन लालीगुराँस वृक्षारोपण गरिएको वडा अध्यक्ष लोचन प्रसाद तिम्लिसेनाले बताउनुभयो ।

यस्तै तानसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिवाकर अर्यालले नगरलाई थप हराभरा बनाई पर्यटकीय गन्तब्य बोकेको गुफाचौरमा थप पर्यटनको विस्तार र प्रर्वद्धन गर्न वृक्षारोणको गरिएको बताउनुभयो । वृक्षारोपण कार्यक्रममा गुराँस डाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कृष्ण बहादुर रानाले जिल्लाकै नमुना पर्यटकीय गन्तब्यको रुपमा गुफाचौरलाई स्थापित गराई लालाीगुराँसकै संरक्षण र प्रर्वद्धनको माध्यमबाट यसको बहुउपयोग गरि स्थानियको आयआर्जनमा वृद्धि गर्ने लक्ष्य रहेको बताउनुभयो ।

तस्विर : सुनिल कार्की ।


पछिल्लो समय पर्यटकको नयाँ आकर्षणको रुपमा विकसित भईरहेको गुफाचौरलाई पिकनिक स्पटको रुपमा अघि सार्न ४ वटा स्याड निर्माण गरिएको छ । जसले पिकनिकको लागि गुफाचौर सम्म पुग्ने पर्यटकको लागि फाइदा पुग्ने स्थानिय पुर्ण बहादुर कार्कीले बताउनुभयो । गुफाचौरको थप गुरुयोजना निर्माण गरि थप विकासका पुर्वधार निर्माण गर्नुपर्ने स्थानियको आग्रह रहेको छ ।

उक्त वृक्षारोपण कार्यक्रममा वडाअध्यक्ष लोचन प्रसाद तिम्लिसेना, निमित्त प्रमुख प्रशासकिय अधिकृत दिवाकर अर्याल, तानसेन नगरपालिका ५ का वडा अध्यक्ष राम बहहादुर रावल, कार्यपालिका सदस्य भिम बहादुर कुमाल, दिपक विश्वकर्मा, शिक्षा शाखा प्रमुख रेश्म न्यौपाने, जिन्सी शाखा प्रमुख रामजी कार्की लगायतले गुफाचौरमै पुगेर वृक्षारोपण गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update