Erani Mahal
रामपुर नगरपालिकाको बजेट ७६ करोड बढी, पाँचौं सभाबाट पारित
FB_IMG_1562248112206-1

पाल्पा - आर्थिक वर्ष २०७६/०७७ को लागि ७६ करोड १ लाख बराबरको बजेट पारित गर्दै रामपुर नगरपालिकाको पाँचौं नगर सभा सम्पन्न भएको छ । असार ११ गते देखि सुरु भएको नगरसभाले निरन्तरको छलफल पछि विहिबार बजेट सर्वसहमतिमा पारित गरेको हो ।

कुल बजेट मध्ये नगरपालिकाले संघिय सरकार समानीकरण अनुदानबाट १२ करोड १७ लाख रुपैयाँ, सशर्त अनुदानबाट २६ करोड ४६ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ९ करोड २२ लाख रुपैयाँ, प्रदेश सरकार समानीकरण अनुदानबाट ४५ लाख २७ हजार रुपैयाँ, सशर्त अनुदान बाट ५ करोड १० लाख रुपैयाँ, राजश्व बाँडफाँड बाट १ करोड २४ लाख ९५ लाख रुपैयाँ, नगरपालिकाको आन्तरिक आम्दानी बाट ५ करोड, गत वर्षको मौज्दात ३ करोड ७५ लाख, मालपोत रजिष्ट्रेशन दस्तुर बाट १ करोड ६० लाख ७८ हजार रुपैयाँ, जनसहभागीता १ करोड ५० लाख रुपैयाँ, सडक बोर्ड बाट ५० लाख रुपैयाँ, सामाजिक सुरक्षा भत्ता ९ करोड रुपैयाँ आउने अनुमान गरेको नगर प्रमुख रमण बहादुर थापाले जानकारी दिनुभयो ।   

 नगरपालिकाले खर्च तर्फ चालू खर्च ७ करोड २२ लाख रुपैयाँ, पूँजीगत खर्च ४ करोड ८२ लाख रुपैयाँ विनियोजन गरेको छ । नगर स्तरिय योजनाका लागि ७ करोड ३८ लाख २० हजार रुपैयाँ, नगर स्तरिय कार्यक्रमका लागि ७ करोड ४७ लाख रुपैयाँ विनियोजन गरेको छ ।  वडा नं. २ लाई ४२ लाख ५० हजार र अन्य वडालाई ४५ लाख ३० हजार रकम बाँडफाँड गर्ने अधिकार प्रदान गरेको छ । वडाका एक लाख भन्दा साना योजनालाई "जनताको अपेक्षा मेयरको शुभेच्छा" कार्यक्रममा समावेश गरेको छ ।

नगरपालिकाको शाखाहरुको लागि शिक्षा शाखाको लागि ७६ लाख ५० हजार, स्वास्थ्य शाखाको लागि २५ लाख ५० हजार, कृषि शाखाको लागि ६९ लाख ५० हजार, आयुर्वेद शाखाको लागि २ लाख, पशु विकास शाखाको लागि १० लाख, सुचना प्रविधि शाखाको लागि १ लाख ५० हजार गरी १ करोड ८५ लाख विनियोजन गरेको छ । महिला विकास कार्यक्रमको लागि ४० लाख ६५ हजार विनियोजन गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update