Erani Mahal
अर्घाखाँचीको सुपादेउरालीमा  जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु
accdent

बुटवल– कपिलबस्तुबाट  सन्धिखर्क जाँदै गरेको जिप अर्घाखाँचीको पर्यटकिय स्थल सुपादेउराली नजिकै दुर्घटना भएको छ । लु १ ज १३२९ नम्बरको जिप सडकबाट खसेर खोल्सामा जाँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

चालक अर्घाखााची  भूमिकास्थानका आन्दाजी ५० वर्षीय सुशान्त भुषाल रहेका छन् । अन्यको २ जना पुरुषको नाम ठेगाना खुलेको छैन् ।

११ जना सवार जिप सुपादेउरालीको मन्दिर र खाँचीखोला पुलको बिचमा  पल्टिएर खोलामा पुगेको छ ।  घटनास्थलमा प्रहरी पुगेको छ । पाँच जना गम्भीर घाईतेहरुलाई उपचारको लागि बुटवल लगिएकाे अर्घाखाँचीका पत्रकार घनश्याम पौड्यालले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०७६  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update