Erani Mahal
पूर्वखोलामा २५ हजार सुन्तला र कागतीको विरुवा वितरण
Nursary-768x463

पाल्पा - पूर्वखोला गाउँपालिकाले कृषि तथा फलफुलमा गाउँपालिकालाइ आत्म निर्भर गराउने उदेश्यका साथ कागती र सुन्तलाकाे पकेट क्षेत्र बनाउन अनुदानाम कागती र सुन्तलाका बिरूवा वितरण गरेकाे छ ।

गाउपालिका भित्र पकेट क्षेत्रको रुपमा बिकास गर्न गाउँपालिकाले यहाँका किसानलाइ ५० प्रतिशत अनुदानमा सुन्तला कागती, अलैची, कफिको बिरुवा बितरण गरेको छ ।

गाउँपालिकाले वडा न ३ रिङ्नेरह र वडा न ६ हेक्लाङ लाइ कागती पकेट क्षेत्रको रुपमा वडा न ५ बिरकोटलाइ र वडा न १ सिलुवालाइ सुन्तला पकेट क्षेत्रको रुपमा बिकास गर्ने उदेश्य गाउँपालिकाकाे छ ।

कार्यबिधी बनाएर विरूवा वितरण गरेकाे गाउँपालिकाका प्राबिधिक सन्तोस कडेलले जानकारी दिनुभयो । त्यही अनुरुप गाउँपालिका भरी १० हजार सुन्तला १० हजार कागती १५ सय अलैची १५ सय कफी बितरण गरेको र कफी र अलौचिको सम्भाव्यता अध्ययनको लागि देबिनगर जल्पा र हेक्लाङ विरूवा वितरण गरेकाे कँडेलले बताउनुभयाे ।

प्रकाशित मिति: बुधबार, असार १८, २०७६  २०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update