Erani Mahal
मन्त्री बराल र सभासद् घर्तीमगरद्वारा ऐतिहासिक स्थल बल्ढेङ्गढीकाे अवलाेकन
65802344_435671663682705_8163028260255432704_n

पाल्पा - प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले पाल्पाको ऐतिहासिक स्थल बल्ढेङगढीको अवलोकन गर्नुभएको छ । प्रदेश सभा सदस्य तुलाराम घर्तीमगरसँगै बल्ढेङगढी पुग्नुभएका बरालले गढी मन्दीरको स्थलगत अध्ययन तथा अवलोकन गर्नुभएको हो ।

अवलोकनको क्रममा मन्त्री बरालले प्रदेश सरकारबाट बल्ढेङगढीमा बलिहाङ राजाको शालिक निर्माणको लागि आवश्यक बजेट छुट्याएको जानकारी दिनुभयो । बल्ढेङगढीको गढी किल्ला एक ऐतिहासिक स्थल भएकोले यसको संरक्षणको लागि प्रदेश सरकारले चासो लिएको उहाँले उल्लेख गर्नुभयो ।


गढी किल्लामा रहेका भौतिक अवषेशहरुको संरक्षण गरी पुरात्वविभागको सहयोगमा आवश्यक संरचना निर्माणको आवश्यकता पनि उहाँले औंल्याउनुभयो । बल्ढेङगढी चुरेको एक उच्च आकर्षक क्षेत्र भएकाले यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने उल्लेख गर्नुभयो ।

उक्त अवसरमा सोही क्षेत्रका प्रदेश सभा सदस्य तुलाराम घर्ती मगरले स्थानीय सरकारसंगको सहकार्यमा बल्ढेङगढीको गढी किल्लालाई संरक्षण तथा प्रवद्र्धन गरिने उल्लेख गर्नुभयो । बल्ढेङगढीबासीको चाहना अनुसार यहाँ बलिहाङ राजाको शालिक निर्माण गर्ने पहल आफुले गरेको उहाँले बताउनुभयो ।

मन्त्री बरालको अवलोकनको क्रममा रैनादेवि छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्की, उपाध्यक्ष चेतना थापा, पत्रकार भुवन कार्की, स्थानीय झमबहादुर रायमाझी, भुवन राष्कोटी, रमेश कार्की लगायतले स्थानीय गतिविधिबारे जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार १७, २०७६  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update