अपाङ्ग व्यक्तिहरूलाई आम्दानी गर्न बंगुरकाे बच्चा वितरण

धनबहादुर ठाडा || १७ असार २०७६,मंगलवार ११:१८
पाल्पा – निस्दी गाउँपालिका वडा नम्बर ४ मित्यालका अपांगता व्यक्तिहरुलाई आयआर्जन कार्यक्रमका लागि बंगुरको बच्चा वितरण गरेको छ ।
निस्दी गाउँपालिकाको आर्थिक सहयोग तथा मित्याल कृषि वाहुउद्देश्सीय सहकारी संस्थाको आयोजनामा आज एक कार्यक्रमका बीच बंगुरको बच्चा वितरण गरेको हो ।
सहकारी संस्थाका अध्यक्ष हुम बहादुर सिंजालीको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य पाहुना मित्यालका दलित महिला वडा सदस्य शान्ति दमाईले १९ जना अपांगता भएका व्यक्तिहरुलाई बंगुरको बच्चा वितरण गर्नुभएको थियोे। कार्यक्रमको संचालन सहकारी संस्थाका व्यवस्थापक हेम बहादुर खाम्चाले गर्नुभएको थियो ।
