कुष्ठराेगी भन्दै गाउँ निकालामा पर्नुभएका साेतीमगर ३५ वर्षपछि घरमा

धनबहादुर ठाडा || १२ असार २०७६,बिहीबार १६:२४
पाल्पा – निस्दी गाउँपालिका मित्यालका जसवीर सोती ३५ वर्षपछि बल्ल गाउँ फर्कनुभएको छ। सोतीलाई यहाँका गाउँलेहरुले कुष्ठरोग लागेकै निहुँमा २०४० सालमा गाउँबाट निकला गरेका थिए।
विगत ३५ वर्षदेखि गाउँभन्दा पर जंगलको छाप्रोमा बस्दै आउनुभएको सोतीको अवस्था र कहलीलग्दो कथा विभिन्न संचार मध्यममा प्रसारण र प्रकाशन भएपछि यहाँका जनप्रतिनिधि , समाजसेवी, स्वास्थकर्मी, सुरक्षाकर्मी, पत्रकारको टोलि गएर सोतीलाई घर ल्याएको हो। सोती अहिले घरपरिवार संगै खाँदै बस्दै आउनुभएको छ।

हाल सोतीमा कुष्ठरोगको कुनै किसिमको लक्षण नरेहेको छ। यसअघि इरानीमहलले ३५ वर्षदेखि जंगलकाे बास भनेर समाचार प्रकाशित गरेकाे थियाे । समाचारकै कारणले गाउँले, सराेकारवाला निकाय र स्थानीय सरकारले उहाँलाइ घरमा फर्काउन पहल गरेकाे थियाे ।
