Erani Mahal
पाल्पाकाे 'अम्लिहान पुल' ८ महिनामै बन्याे, गाडी गुडेपछि स्थानीय खुसी
65103217_350461075664923_8194840365757366272_n-copy

पाल्पा – तानसेन नगरपालिका–९ र माथागढी–३, को सीमा अम्लिहानमा पुल निर्माण भएपछि यस भेगका स्थानीय बासिन्दालाई यात्रा गर्न सहज भएको छ । पुल नहुँदा वर्षात्को समयमा सवारी नै बगाउने स्थलमा काम सुरु गरेको सात महिनामै पुल निर्माण भएको हो ।

देशभर ठेकेदारले काम अलपत्र पारेर डिहेका बेला यहाँ भने काम सुरु गरेको ८ महिनामै पुल बनेको हो । पुल बनेपछि अहिले गाडी समेत गुड्न थालेका छन् ।


वि.स. २०७५ सालको मङ्सिरदेखि सुरु भएको काम यो वर्षको वर्षात् अघि नै सक्ने गरी निर्माण व्यवसायीले कामलाई तीव्रता दिएको थियो । विश्व बैँकको एसएनआरटिपी कार्यक्रम अन्तर्गत ५ नं. प्रदेश सरकारको ६ करोड ४३ लाख लगानीमा तिनाउ नदीमा पुल निर्माण भएको हो ।

पुल निर्माण समयमै सम्पन्न गर्न जनपतिनिधिको तर्फबाट निरन्तर अनुगमन र निरीक्षण गरेको ५ नं. प्रदेशका सभासद् नारायणप्रसाद आचार्यले बताउनुभयो । निर्माण व्यवसायी, प्रदेश, स्थानीय सरकार र जनताकाे सहयाेगले पुल समयमै बन्नु राम्राे भएकाे उहाँकाे भनाइ छ ।


पुलको काम सुरु गरेको सात महिनाकै अबधिमा काम लगभग सकिएको छ एमएस रसुवा कन्ट्रक्सन प्रालिका प्रतिनिधि हरि पराजुलीले भन्नुभयो । पुलको काम नसकिए यस क्षेत्रका हजारौँ स्थानीय बासिन्दालाई आवतजावतमा समस्या हुने भएकाले दिनरात गरेर काम अब सक्यो उहाँले भन्नुभयो । पुल बनाउने अबधि २०७६ असार मसान्तसम्म छ ।

तिनाउँ नदीमा पुल नहुँदा वर्षात्को समयमा सयौं यात्रुहरूले ज्यानको जोखिम मोलेर नदी तर्न बाध्य भएपछि यहाँ पुल निर्माण गरिएको हो । पुल निर्माणको कामले तीव्रता लिएपछि अब भने तिनाउ नदीले बगाएर कसैले पनि ज्यान गुमाउन पर्ने अवस्था नआउने स्थानीय बासिन्दा बताउँछन् ।

प्रकाशित मिति: बिहीबार, असार १२, २०७६  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update