Erani Mahal
देशभर मनसुन सक्रिय : धेरै स्थानमा पानी पर्ने सम्भावना
rain-758x451

काठमाण्डौ - यस वर्षकाे मनसुन बिहीबारदेखि सुरू भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मनसुन सुरू भएपछि बिहानै देखि देशका धेरै ठाउँमा पानि परिरहेको छ । देशभर मनसुन सक्रिय भएकाले बिहीबारदेखि नै अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार मध्य र पूर्वको तुलनामा पश्चिमको थोरै ठाउँमा पानी पर्ने संभावना रहेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयाे । उहाँले मनसुनी गतिविधिका कारण देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना देखिएको जानकारी दिनुभयाे ।

मनसुनी गतिविधि सक्रिय हुँदा काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वका केही स्थानमा बिहीबार बिहानैदेखि हलुका वर्षा भैरहेको छ । केही स्थानमा भने पानी पर्न रोकिएको छ ।

मौसमविद् पोखरेलका अनुसार मध्य र पूर्वका केही स्थानमा दिउँसोसम्म नै पानी पर्ने र रोकिने क्रम भैरहन्छ । पश्चिमको मौसम भने दिउँसोपछि खुल्ने उनको अनुमान छ । पश्चिममा पोखरा आसपासको क्षेत्रमा पानी पर्ने सम्भावना पनि रहेको छ ।

प्रकाशित मिति: बिहीबार, असार १२, २०७६  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update